२०८३, १ आश्विन शुक्रबार

जसपाले खोज्यो सरकारको नेतृत्व

जसपाले खोज्यो सरकारको नेतृत्व

एमालेसँगको छलफललाई लिएर कांग्रेस–माओवादीसँग बार्गेनिङ


काठमाडौँ, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा) आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको कसरतमा लागेको छ । सत्ता समिकरणमा किङ मेकरको रुपमा रहेको जसपाले एमाले वा माओवादी र कांग्रेस कतापट्टि उभिने भन्ने विषयमा विवाद भए पनि आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने विषयमा भने नेताहरु एक ठाउँमा उभिएका छन् । सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले नयाँ बन्ने सरकारको नेतृत्व दावी गर्ने तर कुनै दलको भर्याङ नबन्ने निष्कर्ष पनि निकालेको छ ।

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई थाहा नै नदिई एमालेसँग गठबन्धनका लागि वार्ता टोली नै गठन गरेका अध्यक्ष महन्थ ठाकुर पनि जसपाले नेतृत्व पाए प्रधानमन्त्री बन्ने दौडमा लागेका छन् । जसपाले चुनावी सरकारको नेतृत्व गर्न दिने शर्तमा अहिले प्रधानमन्त्री ओलीलाई समर्थन गर्न लागेको जनाउ दिएर माओवादी र कांग्रेससँग प्रधानमन्त्री पदको ‘बार्गेनिङ’ समेत गरिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको ओली इतरका जोसुकै व्यक्तिलाई प्रधानमन्त्री स्वीकारेर आफू सत्ता सहकार्यका लागि तयार रहेको जनाउ दिएपछि जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो प्रधानमन्त्री बन्ने दौडमै लागेका छन् । यद्यपि उनीहरुबीच संसदीय दलको नेता को बन्ने भन्ने टुंगो भने लाग्न सकेको छैन ।

शुक्रबार नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका जसपाका नेताहरुले एकाएक माओवादीसहित तीन दलको गठबन्धन बनाउन उचित हुने धारणा राख्नुले पनि प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने महत्वकांक्षा पलाएको देखिन्छ । यद्यपि, दुई दलबीच भएको छलफल सकारात्मक भए पनि निष्कर्ष भने निस्किनसकेको जसपाका अध्यक्ष ठाकुरले बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीसँगको छलफलमा निलम्बित सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र संविधान संशोधनलाई सत्ता सहकार्यका लागि प्रमुख शर्त तेर्साएको जसपाले एकाएक सरकारको नेतृत्वका लागि दाबी गर्ने निष्कर्षमा पुग्नुका पछाडि उसले कुनै शक्तिबाट ठूलै आश्वासन पाएको हुनसक्छ । यद्यपि, आगामी सरकारको नेतृत्व गर्ने अवसर पाइ नै हाले पनि त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा राजपाभित्र निकै ठूलो रडाको हुने देखिन्छ । एक सिटे नेता भन्दै डा. बाबुराम भट्टराईलाई मधेसी नेताहरु स्वीकार गर्ने पक्षमा छैनन् भने ठाकुर, यादव र महतोबीच पनि एक मत हुने अवस्था छैन । सरकारमै जाने विषयलाई लिएर पार्टी फुट्ने आँकलन समेत राजनीतिक वृत्तमा चलेको छ ।

प्रकाशित मिति : २०७७, २८ फाल्गुन शुक्रबार  ११ : २० बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी