२०८२, २ मंसिर मंगलबार

जसपासँग नजिकिँदै प्रधानमन्त्री ओली

जसपासँग नजिकिँदै प्रधानमन्त्री ओली

राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य जुनसुकै पद दिन सकारात्मक


काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी ओली जनता समाजवादी पार्टी (जसपा)लाई रिजाएर सत्ता मजबुत बनाउने प्रयासमा लागेका छन् । नेकपा माओवादी केन्द्रले जुनसुकै बेला विश्वासको मत फिर्ता लिन सक्ने भएकाले प्रधानमन्त्री ओली जसरी पनि जसपालाई मनाउने प्रयासमा लागेका हुन् । प्रतिनिधि सभामा ३४ सिट रहेको जसपाले समर्थन जनाए सुविधाजनक बहुमत पुग्ने भएकाले प्रधानमन्त्री ओलीको पहिलो प्रयास जसपालाई मनाउनमै केन्द्रित भएको छ ।

जसपाका नेताहरुले सरकारलाई समर्थन जनाउनका लागि तीन बुँदे माग अघि सारेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार गरेको छलफलमा जसपाका नेताहरुले सांसद रेशम चौधरीलगायत कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको शर्त अघि सारेका छन् ।

पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । छलफलमा ठोस सहमति नभए पनि तीन बुँदे सर्तप्रति प्रधानमन्त्री ओलीले आफू सकारात्मक रहेको भन्दै थप छलफल गरेर निष्कर्षमा पुग्ने आश्वासन दिएको बताइएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबाहेक जुनसुकै पद दिनका लागि आफू तयार रहेको सन्देश प्रधानमन्त्री ओलीले अध्यक्ष ठाकुर र नेता महतोलाई दिइसकेका छन् ।

राजपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओली नजिक छन् भने अर्का अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई ओली इतरसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् । जसका कारण जसपा फुट्न सक्ने आँकलन पनि गरिएको छ । जसपालाई फुटाएरै भए पनि सरकारलाई सहयोग गर्ने आश्वासन ठाकुर र महतोले दिएको बालुवाटार स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले दल विभाजन अध्यादेश ल्याएपछि रातारात मिलेका यी दुई खेमासँग १७–१७ सांसद रहेका छन् ।

राजपाले सत्ता समीकरणको विषयमा संसदमा रहेका प्रमुख तीन दलसँग शीर्ष नेताले संयुक्त छलफल गर्ने निर्णय पनि गरेको । बिहीबार पार्टी कार्यालयमा बसेको शीर्ष नेताको बैठकले वर्तमान राजनीतिक संकट अन्त्यका लागि नेकपा–एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलसँग पाँचै नेताले छलफल गर्ने निर्णय गरेको हो ।

जसपाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि चैत्र ५ गते पार्टीको कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ ।

प्रकाशित मिति : २०७७, २७ फाल्गुन बिहीबार  ९ : ०६ बजे

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा

काठमाडौं उपत्यकामा युथ फोर्स गठन,अराजकता फैलाउन खोज्ने कसैलाई पनि नछोड्ने : प्रमुख थापा

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि युथ फोर्स गठन गरिएको

काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी