२०८३, ९ कार्तिक सोमबार

सरकार र विप्लवबीच तीन बुँदे सहमति

सरकार र विप्लवबीच तीन बुँदे सहमति

राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओली र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्दै


काठमाडौं २१ फागुन । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको छ ।

उक्त सहमतिमा नेपाल कम्युष्ट पार्टी विप्लवले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयहरु रहेका छन् ।

सहमतिको विस्तृत विवरण भने फागुन २१ गते विशेष समारोहबीच सार्वजनिक गरिने भएको छ । उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपी ओली र नेकपा विप्लवको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड ‘विप्लव’ले सम्बोधन गर्ने सहमति पत्रमा उल्लेख छ ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

प्रकाशित मिति : २०७७, २० फाल्गुन बिहीबार  १२ : २५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि