२०८३, ७ कार्तिक शनिबार

कोरोनाबाट मृत्यु हुनेको तथ्याङ्क, एकै दिन ६१९ मृत्तक थप्दा २,६८२ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको तथ्याङ्क, एकै दिन ६१९ मृत्तक थप्दा २,६८२ पुग्यो


काठमाडौं, १२ फागुन :  सरकारले नेपालमा कोरोनाबाट ज्यान गुमाउनेहरुको तथ्याङ्क सच्याएको छ । सरकारले एकै दिन नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको संख्या बुधबार ६१९ जना देखाएको छ ।

नेपाली सेनाले यसअघि नै थप एक हजार भन्दा बढी कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गरेको जनाएको भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार मात्रै ६१८ जनाको संख्या थपेको हो । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मात्र मृत्यु भएको छ । सेनासँगको तथ्याङ्कसँग रुजु गरेको धेरै समय भए पनि स्वास्थ्य मन्त्रालयले बुधबार मात्र ६१८ जना मृतक थपेको हो ।

पहिले विभिन्न समयमा छुटेकाहरुलाई समेटेर अंक मिलाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । उनले मृतक मिलान गरेसँगै सक्रिय संक्रमितको संख्या पनि घटाइएको बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २,६८४ पुगेको छ ।

त्यसैगरी सक्रिय संक्रमित एकै पटक ६१८ जना घटाएर ९३७ पुर्‍याइएको छ । डा. गौतमले पुसदेखि भने मृतकको संख्यामा समस्या नभएको बताएका छन् । यता बुधबार ३ हजार ६९२ पीसीआर परीक्षणबाट ९४ संक्रमित थपिँदा ७१ जना मात्र संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७६० पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।

प्रकाशित मिति : २०७७, १२ फाल्गुन बुधबार  ७ : २२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना