२०८३, १ आश्विन शुक्रबार

प्रधानमन्त्री ओलीका तीन वर्षे उपलब्धि

प्रधानमन्त्री ओलीका तीन वर्षे उपलब्धि


काठमाडौँ फागुन ३ । प्रधानमन्त्री केपी ओलीले तीन वर्षको समयावधिमा सरकारले उल्लेख काम गरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले मुलुकको कार्यकारी जिम्मेवारी सम्हालेको तीन वर्ष पूरा भएको अवसरमा सोमबार सिंहदरबारबाट सरकारका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेका हुन् । ओली सरकारले तीन वर्षमा गरेका कामको मुख्य–मुख्य अंश :
— ८९ वटा नयाँ कानुन निर्माण (पहिलो वर्ष २५, दोस्रो वर्ष ३० र तेस्रो ३४)
— सार्वजनिक खर्चको आकारमा झण्डै २९ प्रतिशतले बृद्धि
— अमेरिकी डलरमा प्रतिव्यक्ति आय २३.६ प्रतिशत (८८७ बाट १,०९७)र नेपाली
—रुपैयाँमा ३५.२ प्रतिशतले वृद्धि
— ९ लाखभन्दा बढी जनसंख्यालाई निरपेक्ष गरिबीको रेखाबाट माथि उकालियो
— भौगोलिक रुपमा विकट ५ वटा बाहेक सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा
— बीमा सेवाको बिस्तार ८.७ प्रतिशतले बढेर २२.७ प्रतिशत
— भूकम्पपछिको पुनर्निर्माणमा उल्लेख प्रगति
— कालोपत्रे सडक ५ हजार ४९८ किलोमिटर निर्माण
—सुरुङ मार्ग निर्माणको सुरुवात
— ९१५ सडक पुल र १ हजार ४२३ झोलुब्गे पुल निर्माण
— जनता आवास भवन निर्माण कार्यक्रम अन्तर्गत कूल ३४,५०७ भवनको निर्माण कार्य सम्पन्न
— ६ हजार ९ सय ३६ फुस वा खरको छाना भएका घरलाई जस्तापाताले प्रतिस्थापन
— हुलाकी राजमार्ग २५ बाट ६८.२ प्रतिशत प्रगति
— कालीगण्डकी कोरिडर (जोमसोम खण्ड) ५६ प्रतिशत प्रगति
— कालीगण्डकी कोरिडर (पाल्पा खण्ड) २०.५ प्रतिशत प्रगति
— काठमाडौं–तराई द्रूतमार्ग ११.१ प्रतिशत प्रगति
— उत्तर–दक्षिण (कर्णाली) लोकमार्ग १२.५ बाट २३ प्रतिशत प्रगति
— रेल, मेट्रोरेल, मोनोरेल आयोजना ८.८ बाट २३.२ प्रतिशत प्रगति
— विद्युत् उत्पादन३३३ मेगावाट थप भई१,४३० मेगावाट
— विद्युत्मापहुँच पुग्ने जनसंख्या ६ प्रतिशतले बढेर ९० प्रतिशत
— माछा/मासुको उत्पादनमा २० प्रतिशत, दूध उत्पादन १९ प्रतिशत र तरकारी उत्पादन ९ प्रतिशतले वृद्धि
— ३ बर्षमा ३० हजार हेक्टरभन्दा बढी क्षेत्रमा सिंचाई सुविधा विस्तार
— भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाकोप्रगति २० बाट ४० प्रतिशत
— रानी जमरा कुलरिया ३६ प्रतिशतबाट ४९.१ प्रतिशत
— महाकाली सिंचाई शून्यबाट १६.३ प्रतिशत
— बबई सिंचाई आयोजना ४२ बाट ५२ प्रतिशत
— सिक्टा सिंचाई ५६.७ प्रतिशतबाट ६३.७ प्रतिशत
— लगानी बोर्डमार्फत रू. १४ खर्ब बराबरको र उद्योग विभागमार्फत रू. १ खर्बभन्दा बढीको लगानी प्रतिबद्धता
— धौवादीको फलाम खानीबाट फलामको व्यावसायिक उत्पादन शुरु गर्न धौवादी फलाम कम्पनी लिमिटेडस्थापना गरी कार्यारम्भ
— सरदर २० प्रतिशतको आयात बृद्धि घटेर करीव ८ प्रतिशत झर्यो
— कूल गार्हस्थ उत्पादनको अनुपातमा ब्यापार घाटा ९ प्रतिशतले घट्यो
— आधारभूत खानेपानीमा ९१ प्रतिशत जनताको पहुँच
— ग्रामीण खानेपानीतर्फ १७९ वटा आयोजना सम्पन्न
— शून्यको स्थितिबाट ७७ जिल्लामा फोर–जीसेवा विस्तार
— इन्टरनेट ग्राहक घनत्व ५१.२ प्रतिशतबाट ८०.१ प्रतिशत पुग्यो
— ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको लागि एकैपटक शिलान्यास
— अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध ६,४९० शैयामा ३८.४ प्रतिशत थप गरी ८,९८२ शैया पुग्यो
— सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ५ लाखले थप भई ३० लाख ६० हजार
— २३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण
— लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी

प्रकाशित मिति : २०७७, ३ फाल्गुन सोमबार  ११ : १३ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी