२०८३, १४ कार्तिक शनिबार

चुनाव दुनियाँको कुनै तागतले रोक्न सक्दैन : पौडेल

चुनाव दुनियाँको कुनै तागतले रोक्न सक्दैन : पौडेल


बुटवल १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी वैशाखको चुनाव दुनियाँको कुनै तागतले रोक्न नसक्ने बताएका छन् । शनिबार ओली समूहको लुम्बिनी प्रदेशद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले वैशाख १७ र २७ गते निर्वाचन दुनियाँको कुनै तागतले रोक्न नसक्ने दाबी गरेका हुन् ।

महासचिव पौडेलले भने– ‘म यहाँहरुलाई बताउन चाहन्छु, वैशाखमा चुनाव हुन्छ । वैशाखको १७ गते चुनाव हुन्छ । वैशाखको २७ गते चुनाव हुन्छ । दुनियाँको कुनै तागतले चुनावलाई रोक्न सक्दैन । म यहाँहरुलाई आग्रह गर्न चाहन्छु, यहाँहरु जनसभाबाट फर्किएपछि गाउँगाउँमा, टोलटोलमा, बस्तीबस्तीमा चुनावको तयारीमा लाग्नुहोस् । वैशाख १७ गतेको चुनावको तयारीमा लाग्नुहोस् ।’

महासचिव पौडेलले ओली नेतृत्वको नेकपामा जनमत रहेको भन्दै पार्टी आधिकारिकताको लागि योभन्दा ठूलो वैधानिकता अरु केही नहुने जिकिर गरे । उनले भने, ‘चुनाव चिह्न, सूर्य चिह्न कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको कम्युनिस्ट पार्टीसँग रहनेछ । यहाँहरुले आफ्नो हातमा रहिरहेको सूर्य चिह्नलाई आत्मविश्वासका साथमा फहराउनुस् ।’

महासचिव पौडेलले नेकपा विभाजन नभएको जिकिर गरे । नेकपाका इमानदार कार्यकर्ता, जनता तथा योद्धाहरुले नेकपालाई विभाजन गर्न नदिने उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलले लुम्बिनी प्रदेशलाई विकासमा पछाडि पर्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे । ओलीको नेतृत्वमा गोलबद्ध भएकाहरुले प्रदेशलाई समृद्ध बनाउँछौँ भन्ने आत्मविश्वाससाथ आफ्नो कार्यक्षेत्रमा फर्कन उनले कार्यकर्ताहरुलाई आग्रह गरे । पार्टीबाट केही स्वार्थी तत्व किनारा लागे पनि अलमलमा परेकाहरु आफ्नो पार्टीमा फर्कने र शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गरी पुनः एक कार्यकाल ओलीलाई प्रधानमन्त्री बनाउने उनले दाबी गरे ।

प्रकाशित मिति : २०७७, १ फाल्गुन शनिबार  १० : ४१ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक