२०८३, २३ आश्विन शनिबार

भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छाडिन्‍नँ : प्रधानमन्त्री ओली

भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छाडिन्‍नँ : प्रधानमन्त्री ओली

३ वर्षमा गरेका राम्रो काम देखेर विरोधीहरु छटपटाएका हुन्


काठमाडौँ १ फागुन :  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गएपनि नछाडने बताएका छन् ।

शनिबार बुटवलमा आयोजना गरेको आमसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याकाण्डका अपराधीहरु केही समयमै पक्राउ पर्ने बताएका हुन ।

जनसभालाई सम्बोधन गर्दै ओलीले भने,‘विरोधीहरु यत्तिकै आत्तिएका होइनन्, यतिकै छट्पटाएका होइनन्, हामीले असाधारण विकास गरेका छौ । र उनीहरुले के सोचे भने अरु केही बर्ष समान्यतया २ बर्ष सरकार चल्थ्यो । अरु डेढ २ बर्ष यो सरकार चल्यो भने फेरि जनताका वीचमा जाँदा अरुका वाकस रित्तै हुन्छन्, खाली नेकपाको बाकस मात्रै भरिन्छ ।’

त्यसकारण अहिले नै सरकार ढाल्नुपर्छ भनेर देशी विदेशी षड्यनत्रकारीहरु जुमजुमाएको ओलीले दावी गरे । ‘खाली अनुहार नराम्रो लागेर मात्रै होइन, कामसँग डराएर । हामी कहिल्यैपनि शिर निहुर्याउन जानेनौँ ।

हाम्रो राष्ट्यितको पक्षमा, स्वाधिनताको पक्षमा समान हकअधिकार हामीले अन्तर्राष्ट्रिय तवरमा पनि हामीले भन्यौँ,’ ओलीले राष्ट्रियता जोगाउन पनि लागि परेको बताए ।

प्रकाशित मिति : २०७७, १ फाल्गुन शनिबार  ६ : ०० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य