२०८३, १६ आश्विन शनिबार

जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए

जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए


काठमाडौं, १२ माघ :  निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ । राजनीतिमा लागेमा हटाउने वा बर्खास्तसम्म गर्ने व्यवस्था उक्त ऐनमा गरिएको छ । तर उक्त व्यवस्था उल्लघंन गर्न प्रधानमन्त्री स्वयंमले कर्मचारीहरुलाई प्रेरित गरेका छन् ।

एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई राजनीतिमा तान्न प्रेरित गरेका हुन् । शुक्रबार काठमाडौंमा प्रधानमन्त्री ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल निजामती कर्मचारी संगठन तथा राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरुको भेला बोलाएका छन् उक्त भेलामा पार्टीको ब्यानर राखिएको छ ।

नेकपाको पेशागत विशेष जिल्ला कमिटिको आयोजनामा उक्त भेला गरिएको हो । प्रधानमन्त्री कार्यालय समयमै कर्मचारीहरुको गुटको भेला बोलाएका हुन् । भेलामा दर्जनौं सरकारी कर्मचारी उपस्थित भएका छन्, त्यो पनि कार्यालय समयमा ।

भेलामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटालगायतका कर्मचारीहरुको उपस्थिति छ । यसैगरी उर्जामन्त्री टोपबहादुर रायमाझी पनि भेलानमा गएका छन् । भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाार्टी फुटाउनेको पक्षमा नलाग्न कर्मचारीलाई आग्रह गरेका छन् ।

उनले आफ्नो पक्षमा सहयोग गर्न र मूलधारमै लाग्न कर्मचारीहरुलाई सल्लाह दिएका छन् । प्रशासन सेवा विज्ञ शारदाप्रसाद त्रितालले प्रधानमन्त्रीले आफ्नो कार्यालयमा बोलाएर कर्मचारीहरुलाई निर्देशन दिन सक्ने तर पार्टीको ब्यानरमा कर्मचारीहरुको भेला गर्न नसक्ने बताउँदै भने, ‘यो कानुनको भावनाविपरित हो ।’ नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७७, १२ माघ सोमबार  ७ : ५६ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार