२०८३, ३० आश्विन शनिबार

सरकारले पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाका रुपमा सम्मान गर्ने

सरकारले पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाका रुपमा सम्मान गर्ने

१० वर्षे सशस्त्र आन्दोलन र जनआन्दोलनमा घाइतेहरुलाई सरकारले सेवा सुविधा प्रदान गर्ने


काठमाडौं, ११ माघ :  सरकारले पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाको रुपमा सम्मान गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो ।

मुलुकमा लोकतन्त्रका लागि योगदान दिनेहरुका लागि सरकारले सम्मान गर्ने भएको हो । जसका लागि मन्त्रिपरिषदले आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । त्यसैगरी समितिमा सदस्यका रुपमा खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे रहेका छन् ।

यसअघि पनि जनयुद्धका घाइतेहरुलाई सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

माओवादीको १० वर्षे सशस्त्र आन्दोलन र ०६२/६३ को जनआन्दोलनमा घाइते तथा अंगभंग भएका, आफन्त गुमाएकाहरुलाई सरकारले सम्मान र सेवा सुविधा प्रदान गर्ने भएको हो ।

प्रकाशित मिति : २०७७, १२ माघ सोमबार  ७ : ५० बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा