२०८३, १४ कार्तिक शनिबार

नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै


काठमाडौं, ९ पुस :  प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा उपत्यका र आसपासका जिल्लाहरुबाट समेत कार्यकर्ता उतार्ने तयारी छ ।

प्रतिनिधिसभा विघटनको निर्णय खारेज गराउँदै संसद् पुनस्र्थापना गराउन संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताएका छन् । काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोललगायत विभिन्न नौं ठाउँबाट निस्कने जुलुस रत्नपार्क पुगेपछि विरोध सभामा परिणत हुनेछ ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभा पुनस्र्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी रहने बताएका छन् । संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने उनले दाबी गरे ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए ।

चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाले आज काठमाण्डौमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो । सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेको छ ।

हिजो ९बिहीबार० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका सबै ६ हजार ७४३ वटै वडाहरुमा प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको अहिले सर्वत्र आलोचना भइरहेको छ । यस्तै विभिन्न राजनीतिक दलले यस कदमको विरोधमा प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७, ९ माघ शुक्रबार  ८ : ४६ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक