२०८३, २३ आश्विन शनिबार

नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै


काठमाडौं, ९ पुस :  प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा उपत्यका र आसपासका जिल्लाहरुबाट समेत कार्यकर्ता उतार्ने तयारी छ ।

प्रतिनिधिसभा विघटनको निर्णय खारेज गराउँदै संसद् पुनस्र्थापना गराउन संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताएका छन् । काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोललगायत विभिन्न नौं ठाउँबाट निस्कने जुलुस रत्नपार्क पुगेपछि विरोध सभामा परिणत हुनेछ ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभा पुनस्र्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी रहने बताएका छन् । संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने उनले दाबी गरे ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए ।

चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाले आज काठमाण्डौमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो । सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेको छ ।

हिजो ९बिहीबार० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका सबै ६ हजार ७४३ वटै वडाहरुमा प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको अहिले सर्वत्र आलोचना भइरहेको छ । यस्तै विभिन्न राजनीतिक दलले यस कदमको विरोधमा प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७, ९ माघ शुक्रबार  ८ : ४६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य