२०८३, ११ भाद्र शुक्रबार

‘प्रचण्डले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउको हान्ने प्रयास गरे’ : मन्त्री गुरुङ

‘प्रचण्डले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको टाउको हान्ने प्रयास गरे’ : मन्त्री गुरुङ


काठमाडौँ, २८ पुस :  सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताएका छ ।

क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे । मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय प्रतिगामी, असंवैधानिक हुनै नसक्ने स्पष्ट पारे ।

“ताजा जनादेशमा जाने कुरा प्रतिगामी हुुन सक्दैन, असंवैधानिक हुन सक्दैन”, उनले भेन, “मलाई के लाग्छ भने आज सडक आन्दोलन गर्नेहरुले पनि चुनावकै तयारी गरिरहेको हो भन्ने स्पष्ट भईसकेको छ ।”

मन्त्री गुरुङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत ‘चुनावका जाने बेला कहाँ संसद पुनस्थापना हुन्छ ?’ भनेर भनेको प्रसंग समेत उल्लेख गरे । मुलुक अनिर्णयको बन्दी बन्नु पर्यो, यस्तो अवस्थामा जनादेश लिनका लागि निर्वाचनमा जाने कुरा प्रतिगामी, असंवैधानिक हुुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो ।

मन्त्री गुरुङले आज प्रचण्डले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्री केपी ओलीको टाउको हान्ने रणनीति लिएर लोकतान्त्रिक गणतन्त्रकै टाउकोमा हान्ने, संविधानकै टाउकोमा हान्ने, राष्ट्रियता र शासन प्रणालीमाथि नै हान्ने असफल प्रयास गरेको आरोप पनि लगाए ।

जनयुद्ध कालमै असफल भईसकेको त्यो रणनीति आज पनि सफल नहुने चर्चा गर्दै मन्त्री गुरुङले त्यो असफल यात्रामा लागेर कोही कसैले राजनीतिक बाटो लिन नपर्ने बताए । उनले जनता निर्वाचनको पक्षमा उभिएको, राजनीतिक दलहरुले आन्दोलनको नाममा निर्वाचनको तयारी गरिरहेको उल्लेख गर्दै निर्वाचनको तयारीमा जुटन पनि सबैलाई आह्वान गरे ।

मन्त्री गुरुङले पत्रकारहरुले पनि मुलुकमा अस्थिरता ल्याउने, द्धन्द्धमा फसाउने, बलिरहेको आगोमा घिउ थप्ने खालका गतिविधि गर्न नमिल्ने बताए । उनले पत्रकारिता क्षेत्रलाई मर्यादित, सम्मानित र जिम्मेवार बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे

प्रकाशित मिति : २०७७, २९ पुस बुधबार  १० : ११ बजे

बाढीको नयाँ खतरा देखिएपछि तिब्बतमा उद्धारकर्मी नै पछि हटाइए

बेइजिङ । विनाशकारी बाढी र पहिरोपछि बेपत्ताको खोजीमा खटिएको उद्धार

बाढीग्रस्त उत्तरगयाका अध्यक्षको पीडा-‘संघीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्र देखिन्छ’

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढी प्रभावित

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

जनै फेरेर र रक्षाबन्धन बाँधेर आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ । देशभर आज वैदिक सनातन धर्मावलम्बीले नयाँ यज्ञोपवीत अर्थात्

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत