२०८३, ३० आश्विन शनिबार

शंकाको घेरमा टोखा हत्याकाण्ड : १० घण्टापछि मात्र किन गरियो प्रहरीलाई खबर 

शंकाको घेरमा टोखा हत्याकाण्ड : १० घण्टापछि मात्र किन गरियो प्रहरीलाई खबर 


काठमाडौं, २६ पुस :  बुधबार उमेश केसी र पत्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग पटक–पटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् ।

‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्‍यो भन्ठानें, भोलिपल्ट बिहान करिब ११ बजेतिर कोठामा पुग्दा भित्रबाट ढोका लगाइएको रहेछ, भान्सा कोठातर्फबाट ढोका ठेल्दा चुकुल खुस्कियो, त्यसपछि भित्र पसें अनि बहिनी झुण्डिएको अवस्था र ज्वाइँको शव गन्हाएको अवस्थामा भुइँमा ढलेको देखेपछि आत्तिएर बाहिर निस्किएँ ।’

त्यसपछि आफू आत्तिँदै टोखास्थित घर पुगेर आमालाई सबै कुरा बताएको उनको जिकिर छ । उमेश दम्पतीको हत्याबारे केसी परिवारलाई किन खबर गरिएन भन्नेमा प्रहरीले सूक्ष्मरुपमा अनुसन्धान भइरहेको जनाएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार शर्मिलाले शव देखेको करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरेको, मृतकका परिवारलाई जानकारी नगराएको, सुदीक्षा गिरीले आत्महत्या गरेको वा हत्या भएको विषयमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए ।

बहिनी र ज्वाइँबीच पहिलेदेखि नै पारिवारिक विवाद हुने गरेको शर्मिलाले बताएकी छन् । उमेशका दाजु हिमेशले भाइ बुहारीको हत्यामा तेस्रो पक्षको पनि संलग्नता हुन सक्ने आशंका गरे । ‘सुदीक्षाले भाइको हत्या गरेर आत्महत्या गरिन् भन्ने पत्यार लाग्दैन, कतै आर्थिक कारणले त घटना घटाइएन भन्ने हाम्रो आशंका छ,’ उनले भने । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, २६ पुस आईतबार  ८ : २३ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा