पनौती २४ पुस : पनौती नगरपालिकाको वडा नं ८ लाई तरकारीको पकेट क्षेत्र बनाईएको छ । जस अन्र्तगत वडामा रहेका एक हजार वटा टनेलमा ५ सय थपेर १५ सय वटा टनेल पुर्याइएको वडा अध्यक्ष केशव बञ्जाराले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडालाई तरकारी पकेट क्षेत्रको रुपमा स्थापना गरिएसँगै वडामा गोलडेला, काउली मुला लगायतका तरकारी उत्पादनमा थप जोड दिइएको छ । नगरपालिका मार्फत पनि किसानहरुलाई विभिन्न औजार उपकारण वितरण तथा औषधीहरुको बारेमा तालिम दिने काम गरिरहेको छ । धेरै जमिनमा तरकारी खेती गर्ने किसानहरुले भने कृषि औजारको माग गर्ने गरेको वडाको भनाई छ ।
योसँगै तरकारी खेती सम्बन्धि बजारीकरण तथा विभिन्न खालका तालिमहरुको माग किसानहरुद्धारा हुदैँ आएकोमा किसानहरुको माग सम्बोधनमा वडा लागि परेको वडा अध्यक्ष बञ्जाराले बताउनुभयो । उहाँका अनुसार वडामा रहेका १ सय २० जनाको १५ सय वटा टनेलामा करिब ४ हजार ५ सय जना जतिले काम गरिरहनुभएको छ ।
प्रतिक्रिया