२०८३, १२ आश्विन मंगलबार

आज धनगढीमा नेकपाको जनसभा, प्रधानमन्त्री जाँदै सुरक्षा व्यवस्था कडा पारिंदै

आज धनगढीमा नेकपाको जनसभा, प्रधानमन्त्री जाँदै सुरक्षा व्यवस्था कडा पारिंदै


काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) धनगढी जाँदैैछन् । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लागेका हुन् । ओली समूहले आज धनगढीमा जनसभा गर्दैछ ।

पार्टी विभाजन पछि पहिलो पटक ओली राजधानी बाहिर जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । यसअघि राजधानीमा भएको विभिन्न कार्याकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी आउने भएपछि कैलालीको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घटना हुन नदिन सुरक्षा रणनीति बनाएर अगाडि बढेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिएका छन् । ‘प्रधानमन्त्री ज्यूकोे सुरक्षाका लागि व्यापक सुरक्षा प्रबन्ध मिलाएका छौँ । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ’ उनले भने ।

प्रधानमन्त्री ओलीको सुरक्षाका लागि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन हुने छन् । शुक्रबार प्रधानमन्त्री ओलीको सुरक्षाका लागि कार्यक्रमस्थल, प्रधानमन्त्री जाने सडक लगायत स्थानमा गरी करिब एक हजारको हाराहारीमा सशस्त्र प्रहरी र जनपद प्रहरी परिचालन गरिने प्रहरी स्रोतले जनाएको छ । यस्तै झण्डै सयको हाराहारीमा सादा पोसाकमा प्रहरी खटिने छन् ।

आमसभा स्थल वरिपरि तथा प्रधानमन्त्री ओली आवात–जावत गर्ने सडकमा कुनै पनि किसिमको विरोध गर्न नदिन सुरक्षाकर्मीलाई ‘हाई अलर्टमा राखिएको छ । आमसभास्थल तथा प्रधानमन्त्री आवत–जावत गर्ने सडक क्षेत्रमा कालो ब्यानर, कालो मास्क र कालो झण्डामा प्रतिबन्ध लगाइएको प्रहरी स्रोतले बतायो ।

‘कालो ब्यानर, मास्क र झण्डाले विरोधकोे संकेत गर्ने गरेको भनेर कुरा आएको छ। त्यसैले हामीले यसमा रोक लगाएका छौँ’ एक उच्च प्रहरी अधिकारीले प्रहरीले भने । प्रतिनिधि सभा विघटनपछि पहिलो पटक जनसभालाई सम्बोधन गर्न आउन लागेका प्रधानमन्त्री ओलीको धनगढीको यात्रालाई निकै चासोले हेरिएको छ ।

 

प्रकाशित मिति : २०७७, २४ पुस शुक्रबार  ८ : १९ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय