२०८३, १२ श्रावण बुधबार

नेपालमा मोबाइल डाटाबाट नेट प्रयोग उच्च

नेपालमा मोबाइल डाटाबाट नेट प्रयोग उच्च


काठमाडौं, २१ पुस :  नेपालमा मोबाइल डाटामार्फत इन्टरनेट (ब्रोडब्यान्ड) को प्रयोग गर्ने दर उच्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस ९म्यानेजमेन्ट इन्फरमेसन सिस्टम० प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड ३९ लाख २१ हजार १ सय ८० छन्। करिब एक चौथाइ प्रयोगकर्ताले मोबाइल डाटा र बाँकीले फिक्स्ड माध्यमबाट ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन्।

प्राधिकरणका अनुसार मोबाइल डाटाबाट इन्टरनेट चलाउने १ करोड ७५ लाख ७५ हजार ४ सय १९ जना छन्। तथ्यांकअनुसार फिक्स इन्टरनेट प्रयोग गर्ने ६३ लाख ४५ हजार ७ सय ६१ छन्। यसमा तारको मद्दतबाट ब्रोडब्यान्ड प्रयोग गर्ने ६१ लाख १९ हजार ९९ छन् भने बिनातार अर्थात् वायरलेस ब्रोडब्यान्ड प्रयोग गर्ने २ लाख २६ हजार ६ सय ६२ छन्। ब्रोडब्यान्ड चलाउनेमध्ये मोबाइल ७३ प्रतिशत, फिक्स वायर २६ प्रतिशत र फिक्स वायरलेस १ प्रतिशत छन्।

सहज प्रविधि र मोबिलिटीका कारण मोबाइल डाटाबाट इन्टरनेट प्रयोग गर्ने धेरै देखिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। पछिल्लो समय नेपालमा स्मार्टफोन प्रयोगकर्ता पनि बढेका छन्। स्मार्टफोनमा सहजै इन्टरनेट चलाउन सकिन्छ। सिम किन्यो, डाटा अन गर्‍यो इन्टरनेट चलिहाल्छ। फिक्स इन्टरनेटको प्रयोग बढ्ने गरी नेपालमा आवश्यक पूर्वाधारको विकास भइसकेको छैन। भौगोलिक जटिलता र महँगो लागतले गर्दो धेरै पहाडी र हिमाली जिल्लामा फाइबर सेवाको विस्तार हुन सकेको छैन।

प्राविधिक रूपमा पनि मोबाइल डाटाको प्रयोगबाट इन्टरनेट चलाउन सहज छ। ‘मोबाइल टावरको कभरेज धेरै हुन्छ। घर तथा बाहिर जता पनि मोबाइल डाटा प्रयोग गर्न सकिन्छ’, प्रवक्ता अर्यालले भने, ‘फाइबर इन्टरनेट निश्चित स्थानमा बसेर चलाउनुपर्ने हुन्छ।’ सहज पहुँच र कभरेजका कारणले पनि मोबाइल डाटा प्रयोगदर उच्च देखिएको अर्यालले बताए।

उपभोक्ताका लागि आर्थिक हिसाबले मोबाइल डाटाको तुलनामा फाइबर इन्टरनेट सस्तो पर्छ। मोबाइल नेटवर्क भएको हरेक स्थानमा डाटा उपयोग गर्छ सकिन्छ। पछिल्लो समय तराई तथा सहरी क्षेत्र फाइबर इन्टरनेट प्रयोगकर्तामा वृद्धि भइरहेको उनले बताए। नेपालमा तीन वटा कम्पनीले मात्र मोबाइल इन्टरनेट सेवा प्रदान गरिरहेका छन्। ती हुन्, एनसेल, स्मार्ट र नेपाल टेलिकम। निर्दोष घोरसाइनेले अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेका छन् ।

प्रकाशित मिति : २०७७, २१ पुस मंगलबार  ८ : ३२ बजे

सर्वदलीय बैठकपछि रवि लामिछाने शीतल निवासमा, राष्ट्रपतिलाई सुनसरी घटनाबारे जानकारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक

रविको आह्वानमा सर्वदलीय बैठक सुरु

काठमाडौं। सुनसरीमा भएको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे साझा

सरकार संकटमा ? सुनसरी घटनाबारे सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै अनुपस्थित

काठमाडौं। सुनसरीमा भएको दुःखद घटनापछि देशभर चर्किएको जनआक्रोश र तराई–मधेशमा

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन