२०८३, १९ आश्विन मंगलबार

टेकु पुल निर्माणमा अनियमितता : पप्पुका सञ्चालक र चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

टेकु पुल निर्माणमा अनियमितता : पप्पुका सञ्चालक र चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, १७ पुस :   टेकु र कालिमाटी जोड्ने विष्णुमती खोलामाथि बनाइएको पुलमा नियमितविपरीत म्याद थप गर्दा राज्यलाई एक करोड १४ लाखभन्दा बढी नोक्सान भएको छ । यसमा भूमिका खेल्ने चार कर्मचारी र निर्माण कम्पनीका सञ्चालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कमसल निर्माण सामग्री प्रयोग गरिएकाले हालसम्म पुल प्रयोग गरिएको छैन । भत्काएर फेरि बनाउन सरकारले निर्देशन दिए पनि कम्पनीले बनाएको छैन । पुल निर्माणका क्रममा सडक विभागअन्तर्गतको तत्कालीन आयोजना कार्यान्वयन इकाइले तेस्रोपटक म्याद थप गर्दा कार्यसम्पादन जमानत बराबरको रकम फुकुवा भई देशलाई एक करोड १४ लाख ७६ हजार घाटा भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

तत्कालीन आयोजना प्रमुख बेलबहादुर नेपाली, लेखा अधिकृतद्वय श्यामबहादुर खत्री र नारायणबहादुर थापा तथा लेखापाल गिरिप्रसाद श्रेष्ठउपर जमानत बराबरको रकम असुल, कैद र जरिवाना सजायको मागसहित मुद्दा दायर गरिएको हो । म्याद थप गर्दा कार्यसम्पादन जमानत नवीकरणको प्रक्रिया पूरा नगरिएकाले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

त्यस्तै, ठेक्का पाउने पप्पु कन्स्ट्रक्सनका सञ्चालक सञ्जय रौनियारविरुद्ध समेत मुद्दा दायर गरिएको छ । उनी कम्पनीका मालिक हरिनारायण रौनियारका छोरा हुन् । हरिनारायणविरुद्ध गत वर्ष नै अख्तियारले मुद्दा चलाइसकेको छ । रौनियार सांसदसमेत हुन् । मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा छ । नेपालको निर्माण क्षेत्रमा पप्पु कन्स्ट्रक्सन बदनाम छ ।

पुल बनाउने ठेक्का चिनियाँ कम्पनी एआइइसी–पप्पु जेभीले पाएको थियो । करिब २० करोडमा पुल निर्माण भएकोमा १३ करोडभन्दा धेरै भुक्तानी कम्पनीले लगिसकेको छ । डिजाइन अनुसारका सामान प्रयोग नभएको पाइएपछि पुल प्रयोगमा सडक विभागले रोक लगाएको थियो । कालिमाटी–टेकु क्षेत्रको जाम हटाउने उद्देश्यले पुल निर्माण भए पनि हालसम्म सम्झौताअनुसार काम नभएकाले प्रयोग गरिएको छैन । नयाँ पत्रिका दैनिकबाट

 

प्रकाशित मिति : २०७७, १७ पुस शुक्रबार  ८ : ३० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि