काठमाडौँ १६ पुस : राष्ट्रपति बिद्यादेवी भण्डारीबिरुद्ध मानव समाज नै लज्जित हुने खालको नारा लगाउने प्रचण्ड–माधव नेपाल पक्षका नेताको पहिचान खुलेको छ । प्रतिनिधिसभा विघटन विरुद्ध पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलवार काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक र अमर्यादित लाञ्छाना लगाउँदै नाराबाजी गर्ने व्यक्तिको पहिचान भएको हो । प्रचण्ड र नेपालको निर्देशमा नाराबाजी गर्ने युवाहरूलाई प्रहरीले खोजीरहेको छ ।
प्रहरीकाअनुसार तत्कालिन माओवादी सम्बद्ध वाइसिएलका केन्द्रीय सदस्य रहेका दार्चुलाका नरबहादुर बिष्ट रहेको जानकारी दिएको छ । उनको खोजीका लागि प्रहरी परिचालन भएको छ । राष्ट्रपतिकी छोरी उषाकिरण र नेकपासम्बद्ध महिला संघले प्रहरीलाई दोषीको पहिचान गरी कडा कारवाही गर्न माग गर्नुभएको थियो ।
बिष्ट दार्चुलाको मार्मा गाउँपालिका कमिटीको नेकपा अध्यक्ष समेत रहेको जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ । जुलुसमा माइकबाटै उनले राष्ट्रपतिको नाम किटेर व्यक्तिगत चरित्रहत्या गर्ने हिसाबले अमर्यादित नारा लगाएका थिए । जसको चर्को आलोचना समेत भईरहेको छ । फोटोमा भएका व्यक्तिले पनि नारा सो अभद्र नारा लगाएको र अन्यले साथ दिईरहेको प्रष्टसँग सुन्न सकिन्छ । उनलाई साथ दिने अरुको पनि पहिचान भएको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिक्रिया