धुलिखेल १४ पुस : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा यो वर्ष साना ठुला गरि ४० ओटा आयोजनाहरु संञ्चालन हुने भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा वडा स्तरीय,नगर स्तरीय, प्रदेश र संघ सरकार बाट बिनियोजित बजेट अनुसार ४० ओटा आयोजनाहरु संञ्चालन गर्न लागीएको वडा अध्यक्ष विष्णु धितालले बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिएर दोस्रो चौमासिक सुरु भए संगै बिकास निमार्णका कामहरु सुरु भएका छन् । वडामा संञ्चालन हुने खानेपानी आयोजना अन्र्तगत पण्डीत चौर ,आरुबोट,तिल खोरिया ,तिवारी टोल लगायत वडामा खानेपानि उपभोक्ता समिति गठनको काम सकिएको छ ।
यस्तै वडा भित्रका बिभिन्न सडक खण्डहरु मर्मत संभार र स्तर उन्नतीका लागी काम सुरु भएको छ । आरुबोट देखी तिल खोरिया सम्मको ग्रामिण सडक मर्मत संभार र स्तर उन्नतीका लागी ३० लाख रुपौया बजेट बिनियोजन गरिएको वडा अध्यक्ष धितालले बताउनुभयो । डाँडाँगाँउ–कल्छे–तिनपिप्ले जोड्ने सडक मर्मतमा लागी टेन्डर प्रक्रिया सुरु भईसकेको छ । यस्तै शान्तीपुर ढुङ्गाना गाँउ सडक मर्मत सम्भारका लागी समिति गठन भईसकेको छ ।
कालिदेवि विद्यालय हुदै पण्डीत गाँउ जानेसडकका लागी १० लाख, स्वास्थ्य चौकी बाटा नमोबुद्ध जाने सडक हुदै थुजेछे गुम्बा जाने सडकका लागी ११ लाख बिनियोजन गरिएको छ ।
वडा,नगर,प्रदेशर संघ बाट बिभिन्न क्षेत्रका लागी बिनियोजन गरिएको बजेटका आयोजनाहरु संञ्चालनको क्रममा रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया