२०८३, ६ कार्तिक शुक्रबार

‘कांग्रेस अदालतको निर्णय मान्न तयार छ’ : सभापति देउवा

‘कांग्रेस अदालतको निर्णय मान्न तयार छ’ : सभापति देउवा


काठमाडौं, १३ पुस  :  प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयलाई लिएर कांग्रेसले अदालतलाई धम्क्याउने र तर्साउने काम नगर्ने बताएका छन् ।

संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको बताउँदै सभापति देउवाले अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताए । तर यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर् नभन्ने बताए ।

संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले भने, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो ।’

कम्युनिष्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको भन्दै देउवाले भने, ‘तै पनि कति कुराहरुमा अदालतले स्वविवेकीय निर्णय गरेको छ । त्यसैले हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस्, अदालतको निर्णय मान्छौं ।’

प्रकाशित मिति : २०७७, १३ पुस सोमबार  ८ : २३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा