२०८३, १५ कार्तिक आईतबार

सूर्य चिह्न केपी ओली नेतृत्वको नेकपाले नै पाउने छ : ईश्वर पोखरेल

सूर्य चिह्न केपी ओली नेतृत्वको नेकपाले नै पाउने छ : ईश्वर पोखरेल


काठमाडौं, ११ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको बैधानिकताका आधारमा सूर्य चिह्न केपी ओली नेतृत्वको नेकपाले नै पाउने दाबी गरेका छन् ।

पार्टीको वैधानिकता र आधिकारिकताबारे निर्वाचन आयोगमा प्रक्रिया चलिरहेको भन्दै पोखरेलले सूर्य चिह्न आफूहरुले नै पाउने दाबी गरेका हुन् । शनिबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–५ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।

‘निर्वाचन आयोगमा त्यसको प्रक्रिया चलिरहेको छ’, पोखरेलले भने, ‘तपाईंहरुलाई म जिम्मेवारपूर्वक भन्न चाहान्छु– केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुन्छ र सूर्य चिह्न पनि यही पार्टीले पाउने छ ।’ पार्टी र पार्टीको चिह्नबारे कुनै पनि द्विविधा नराख्न पनि उनले कार्यकर्ताहरुलाई विश्वास दिलाएका छन् । उनले भने, ‘हामी हार्दा पनि यही रहन्छौं र जित्दा पनि यहीँ रहन्छौं ।’

प्रकाशित मिति : २०७७, ११ पुस शनिबार  ६ : ३९ बजे

सिन्धुली रास्वपाको ‘क्यान्डिडेट क्लब’मा २ जनाको मात्रै निवेदन

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको निर्वाचनमा

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक