२०८३, २२ आश्विन शुक्रबार

सूर्य चिह्न केपी ओली नेतृत्वको नेकपाले नै पाउने छ : ईश्वर पोखरेल

सूर्य चिह्न केपी ओली नेतृत्वको नेकपाले नै पाउने छ : ईश्वर पोखरेल


काठमाडौं, ११ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको बैधानिकताका आधारमा सूर्य चिह्न केपी ओली नेतृत्वको नेकपाले नै पाउने दाबी गरेका छन् ।

पार्टीको वैधानिकता र आधिकारिकताबारे निर्वाचन आयोगमा प्रक्रिया चलिरहेको भन्दै पोखरेलले सूर्य चिह्न आफूहरुले नै पाउने दाबी गरेका हुन् । शनिबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–५ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।

‘निर्वाचन आयोगमा त्यसको प्रक्रिया चलिरहेको छ’, पोखरेलले भने, ‘तपाईंहरुलाई म जिम्मेवारपूर्वक भन्न चाहान्छु– केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुन्छ र सूर्य चिह्न पनि यही पार्टीले पाउने छ ।’ पार्टी र पार्टीको चिह्नबारे कुनै पनि द्विविधा नराख्न पनि उनले कार्यकर्ताहरुलाई विश्वास दिलाएका छन् । उनले भने, ‘हामी हार्दा पनि यही रहन्छौं र जित्दा पनि यहीँ रहन्छौं ।’

प्रकाशित मिति : २०७७, ११ पुस शनिबार  ६ : ३९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य