२०८३, २२ आश्विन शुक्रबार

नेकपाका दुवै पक्षको आज केन्द्रीय कमिटी बैठक

नेकपाका दुवै पक्षको आज केन्द्रीय कमिटी बैठक


काठमाडौं ९ पुस :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आज दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा र प्रचण्ड–नेपाल पक्षको बैठक साढे ११ बजे बबरमहलस्थित बार्की ब्यांक्वेटमा बस्दैछ ।

मंगलबार बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्तामा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो । बैठकले एक हजार १९९ जनाको महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । मौजुदा ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थप गरिएको हो । १९६ जना थप्न बाँकी रहेको जनाइएको छ ।

यस्तै प्रचण्ड–नेपाल पक्षको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेका थिए । आजको केन्द्रीय कमिटी बैठकले दुई अध्यक्षको वरीयता तोक्ने, महासचिव पदको टुंगो लगाउने स्रोतले जानकारी दिएको छ । उक्त समूहमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र भीम रावल महासचिवका आकांक्षी छन् ।

प्रचण्ड–नेपाल समूहले बुधबार संसदीय दलको नेतामा प्रधानमन्त्री ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेका थिए । पार्टी औपचारिक रुपमा विभाजन नभए पनि दुवै पक्षले पदाधिकारी चयन, संगठन विस्तार, भेला र प्रशिक्षणलाई तीव्रता दिएका छन् । नेकपाको दुबै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७, ९ पुस बिहीबार  १० : १३ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य