२०८३, ७ कार्तिक शनिबार

चिनी मिलले फेरि झुक्याए किसानलाई

चिनी मिलले फेरि झुक्याए किसानलाई


काठमाडौं, ६ पुस :  चिनी मिलले उखु किसानलाई खातामा रकम हालिदिएको भनेर झुक्याएको पाइएको छ ।

शुक्रबारदेखि नै किसानका खातामा रकम पठाएको भनिए पनि आइतबारसम्म पैसा नपठाएर आफूहरुलाई झुकयाएको किसानको आरोप छ । उखु किसान संघर्ष समितिका सचिव हरिश राय यादवले श्रीराम चिनी मिलले उखुको रकम भुक्तानी नगरेको बताए ।

शुक्रबार रकम खातामा हालिदिएको भने पनि आइतबार खातामा चेक गर्दा रकम नै नआएको उनले जानकारी दिए । रौतहटमा रहेको श्रीराम चिनी उद्यागेले शुक्रबार पाँच हजार तीन सय किसानको खातामा रकम पठाएको भनेर विज्ञप्ती जारी गरेको थियो ।

तर, किसानले भने आइतबार दिउँसोसम्म खातामा पैसा नआएको बताएका छन् । श्रीराम चिनी उद्योगका सञ्चालक विशाल अग्रवाल र अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्क बाहिर छन् ।

श्रीराम सुगर मिलले शुक्रबारदेखि नै किसानको रकम भुक्तानी गरेको भनेर विज्ञप्ती जारी गरे पनि किसानको खातामा पैसा नगएकाले झुक्याएको सचिव यादवको भनाइ छ । उखुको रकम भुक्तानी नपाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने उनले जानकारी दिए । कारोबार दैनिकबाट

प्रकाशित मिति : २०७७, ६ पुस सोमबार  ८ : १२ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने