२०८३, १५ आश्विन शुक्रबार

चिनी मिलले फेरि झुक्याए किसानलाई

चिनी मिलले फेरि झुक्याए किसानलाई


काठमाडौं, ६ पुस :  चिनी मिलले उखु किसानलाई खातामा रकम हालिदिएको भनेर झुक्याएको पाइएको छ ।

शुक्रबारदेखि नै किसानका खातामा रकम पठाएको भनिए पनि आइतबारसम्म पैसा नपठाएर आफूहरुलाई झुकयाएको किसानको आरोप छ । उखु किसान संघर्ष समितिका सचिव हरिश राय यादवले श्रीराम चिनी मिलले उखुको रकम भुक्तानी नगरेको बताए ।

शुक्रबार रकम खातामा हालिदिएको भने पनि आइतबार खातामा चेक गर्दा रकम नै नआएको उनले जानकारी दिए । रौतहटमा रहेको श्रीराम चिनी उद्यागेले शुक्रबार पाँच हजार तीन सय किसानको खातामा रकम पठाएको भनेर विज्ञप्ती जारी गरेको थियो ।

तर, किसानले भने आइतबार दिउँसोसम्म खातामा पैसा नआएको बताएका छन् । श्रीराम चिनी उद्योगका सञ्चालक विशाल अग्रवाल र अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्क बाहिर छन् ।

श्रीराम सुगर मिलले शुक्रबारदेखि नै किसानको रकम भुक्तानी गरेको भनेर विज्ञप्ती जारी गरे पनि किसानको खातामा पैसा नगएकाले झुक्याएको सचिव यादवको भनाइ छ । उखुको रकम भुक्तानी नपाएसम्म आन्दोलनका कार्यक्रम जारी रहने उनले जानकारी दिए । कारोबार दैनिकबाट

प्रकाशित मिति : २०७७, ६ पुस सोमबार  ८ : १२ बजे

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित