२०८३, ३० आश्विन शनिबार

ओलीको पक्षमा उभिए बादल र भट्ट, ओलीसँग छलफलमा

ओलीको पक्षमा उभिए बादल र भट्ट, ओलीसँग छलफलमा


काठमाडौं ५ पुस :  केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद‍्बाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिने घोषणा गरेका छन् ।

प्रचण्ड र माधव नेपाल निकट नेताहरू कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएको घोषणा गरेका छन् ।

पूर्वमाओवादी पक्षबाट मन्त्री भएका गृहमन्त्री थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले राजीनामा दिएनन् । अन्य ७ मन्त्रीले राजीनामा घोषणा गरिँदा गृहमन्त्री बादल र उद्योगमन्त्री भट्ट बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा छन् ।

प्रकाशित मिति : २०७७, ५ पुस आईतबार  ५ : ४२ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा