२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा कोरोना संक्रमणबाट कारण एक पुरुषको मृत्यु

काभ्रेमा कोरोना संक्रमणबाट कारण एक पुरुषको मृत्यु

निकोे हुनेको संख्या ३ हजार १७ पुगेको छ,


धुलिखेल ४ पुस कोरोना भाईरसको संक्रमणका कारण जिल्लामा थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपाका ६९ वर्षीय पुरुष रहेका छन् । ती पुरुषमा मंसीर २६ गते भाईरसको संक्रमण पुष्टि भएको थियोे ।

उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो संगै जिल्लामा भाईरसका कारण मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ । उनीहरु मध्ये १२ महिला र ३० पुरुष गरी ४२ जना जिल्लाकै हुने भने १६ जना अन्य जिल्लाका हुन् । जिल्लामा भाईरस संक्रमित मध्ये उपचार पछि निकोे भएर शसनबार २ जना डिस्चार्ज भए संगै निकोे हुनेको संख्या हाल सम्म ३ हजार १७ पुगेको छ ।

यसैगरी शनिबार काभ्रेमा ७ जनामा संक्रमण पुष्टि भएको छ । बनेपाका ३ जना महिला, धुलिखेल नगरपालिकाका ३ जना महिला र नमोबुद्ध नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको कार्यालय प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

हाल सम्म जिल्लामा संक्रिमित हुनेको संख्या ३ हजार १ सय ६३ पुगेको छ । जिल्लामा अझै एक सय ४ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ११ जना अस्पताल आइसोलेसनमा छन् भने ९३ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २०७७, ४ पुस शनिबार  १० : १४ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय