२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा कोरोनाबाट महिला भन्दा पुरुष धेरै संक्रमित, आज थप ५ जनामा संक्रमण पुष्टि

काभ्रेमा कोरोनाबाट महिला भन्दा पुरुष धेरै संक्रमित, आज थप ५ जनामा संक्रमण पुष्टि


धुलिखेल ३ पुस  :  काभ्रेमा कोरोनाबाट महिला भन्दा धेरै  पुरुष संक्रमित भएका छन् । हालसम्म भएका संक्रमित मध्ये ३ हजार १ सय ५६ जना संक्रमित भएकोमा १ हजार ८ सय ८६ जना पुरुष र १ हजार २ सय ७० जना महिला संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानाएको छ ।

त्यसैगरी निको हुनेमा पनि पुरुषको नै संख्या अगाडी रहेको छ । हाल जिल्लामा ३ हजार १ सय १५ जना निकोभएका मध्ये १ हजार ८ सय १३ पुरुष र १ हजार २ सय २ जना महिला रहेका छन् ।

यसैगरी आज काभ्रेमा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा पनौती नगरपालिकाका ३ जना महिला, बनेपाका २ जना पुरुष र मण्डनदेउपुरका १ जना महिला रहेका छन् । आज २ जना डिस्चार्ज भएका छन् ।

हाल जिल्लामा ८८ जना होम आइसोलेसनमा रहेका छन् भने १२ जना जिल्लामा रहेकोे २ वटा अस्पताल आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ८ : १५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना