२०८३, ३० असार बुधबार

उखुको पैसा उठाउन आएका किसान राजधानीको सडकमै बिरामी पर्न थाले

उखुको पैसा उठाउन आएका किसान राजधानीको सडकमै बिरामी पर्न थाले

हरेकपटक रकम नभई आश्वासन मात्रै पाएका छौँ,


काठमाडौं, ३ पुस :  कपिलवस्तुको शिवराज नगरपालिका– ७ का उखु किसान बेचु अहिर साथीहरूसँग राजधानी आएको तीन दिन भयो । पुसको चिसो, पातला कपडा र सडकको धर्ना । ७३ वर्षीय अहिरलाई दोस्रो दिन नै चिसोले समात्यो र वृद्ध ज्यानलाई अस्वस्थ बनायो । उनलाई हनहनी ज्वरो आएको छ ।

अस्पताल भर्ना हुनुपर्ने बेचु बिहीबार पनि सडकमै भेटिए । ज्वरोले थरथर कामिरहेका उनी उठ्न सकेनन् । त्यसैले माइतीघर मण्डलाको मूल सडकमै सुतिरहेको अवस्थामा भेटिए । साथीहरूले उनलाई सिरक ओढाई दिएका थिए ।

ज्वरोले थला परे पनि उनी आन्दोलन छाड्ने अवस्थामा छैनन् । ‘शरीर गलेको छ, तर आन्दोलन छाड्न सक्दिनँ, अहिले शरीरलाई आराम दिन खोजेँ भने मैले पैसा पाउँदिनँ, पैसा पाइनँ भने मलाई साहु–महाजनले सुख दिनेवाला छैनन्,’ उनले भने ।

दिउँसो माइतीघर मण्डलामा भेटिएका बेचुलाई खोज्दै बिहीबार हामी गौशालास्थित धर्मशालामा पुग्यौँ । तर, उनी दिउँसोभन्दा पनि कमजोर भएका रहेछन् । ‘दिनभरि पनि चिसो सडकमै सुते, साँझदेखि त ओछ्यानबाट उठ्न पनि सकेका छैनन्,’ साथी किसानहरूले भने, ‘बुखार चर्किएको छ, खाना खान समेत उठ्न सकेनन् ।’ बेचु भने बोल्न पनि सकेनन् ।

कपिलवस्तु उखु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले अहिर अस्वस्थ हुँदाहुँदै पनि हजारौँ किसानका लागि आन्दोलनमा रहेको बताए । ‘अहिर काकाले पाउनुपर्ने बक्यौता रकम २०–२५ हजार रुपैयाँ मात्रै हो, तर उहाँले आठ हजार किसानले पाउनुपर्ने सात करोड बक्यौताको लागि धर्ना दिइरहनुभएको छ,’ चौधरीले भने, ‘उहाँको स्वास्थ्यमा समस्या आउन थालेपछि हामीले धर्नामा नबस्नुस्, आराम गर्नुस् भनिरहेका छौँ, तर मान्नु भएको छैन ।’

अहिरसँगै कपिलवस्तुका करिब आठ हजार किसानले महालक्ष्मी सुगर्स प्रालिबाट ६ वर्षअघि उखु बेचेको रकम पाएका छैनन् । करिब सात करोड बक्यौता लिन बाँकी रहेको किसानको भनाइ छ । सरकारले किसानलाई दिएको अनुदानबापतको साढे दुई करोड रकम पनि मिलले खाइदिएको छ ।

महालक्ष्मी सुगर्स कपिलवस्तुबाट सर्लाहीमा सरेको पनि करिब चार वर्ष बितिसक्यो । बक्यौता भुक्तानी पाउने आशामा यसबीचमा ३४ पटक काठमाडौं आएको अध्यक्ष चौधरीले सुनाए । ‘तर, हरेकपटक रकम नभई आश्वासन मात्रै पाएका छौँ, तर यसपटक भने उखुको बक्यौता रकम हात नपरेसम्म धर्ना छोड्दैनौँ,’ उनले बताए ।

जिल्लाका १२ किसान अहिले निर्णायक आन्दोलनमा सहभागी हुन काठमाडौं आएको चौधरीले बताए । तर, चिसोका कारण साथीहरू बिरामी हुन थालेको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ६ : ३० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै