२०८३, २९ आश्विन शुक्रबार

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : तत्काल संसद अधिवेशन

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : तत्काल संसद अधिवेशन


काठमाडौं, १ पुस : प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ ।

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको थियो । बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरीत भएको ठहर गरेको छ र संसदको अधिवेशन छलेर अध्यादेश जारी गर्नुले सरकारको अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर भएको बताएको छ ।

बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । स्रोतका अनुसार आध्यदेश आएपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै नियुक्ति सिफारिस गरेको भए वा गरेमा संसदीय सुनुवाई समितिमा चुनौती दिने कांग्रेसको तयारी छ ।

कांग्रेस पदाधिकारीहरुको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । साथै पुस ३ गते संसदीय दलका कार्यसमितिको बैठक समेत बोलाइएको छ । पदाधिकारी बैठकमा २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शनको समीक्षा समेत भएको थियो ।

 

 

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ७ : १४ बजे

गगनको टिममा नयाँ अनुहार, कांग्रेस रूपान्तरणको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित

राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’