२०८२, ३ असार मंगलबार

मलेसियामा २,१२० नेपाली कोरोना संक्रमित, उपचार नपाएर एकको मृत्यु

मलेसियामा २,१२० नेपाली कोरोना संक्रमित, उपचार नपाएर एकको मृत्यु


काठमाडौं, १ पुस :  मलेसियामा रहेको मेडिकल पन्जा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो मानिने कम्पनी टप ग्लोब्समा कार्यरतमध्ये २ हजार १२० जना नेपाली श्रमिक कोरोना संक्रमित भएका छन् ।

जसमध्ये १ हजार ९६६ जना नेपाली अस्पतालबाट डिस्जार्च भइसकेको छन् । अझै १०७ जना उपचाररत छन् र १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ३४ जनालाई अस्पताल लैजानु नपर्ने सूचीमा राखिएको छ । टप ग्लोब्सले क्लालाम्पुरस्थित नेपाली दूतावासलाई मंगलबार यसबारे जानकारी दिएको हो ।

अव्यवस्थित वासस्थल र सामाजिक दूरी कायम नगरी एकै पटक धेरै श्रमिकलाई काममा लगाउँदा एक महिनायता कम्पनीमा कोरोना संक्रमणले विकराल रुप लिएको हो । कम्पनीम कुल २१ हजार श्रमिक कार्यरत रहेकामा हालसम्म ५ हजार १४७ जना संक्रमित छन् । संक्रमितमध्ये नवरपरासीका सुरक्षा गार्ड गमनारायण चौधरीको मृत्यु भएको थियो ।

मलेसियाका पूर्वमानव संसाधनमन्त्री एम। कुला शेरागनले चौधरीले समयमै उपचार नपाएका कारण मृत्यु भएको बताएका छन् । उनका अनुसार स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै उनलाई अस्पताल पुर्‍याइएको थियो । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ८ : २२ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार