२०८३, १० भाद्र बिहीबार

मलेसियामा २,१२० नेपाली कोरोना संक्रमित, उपचार नपाएर एकको मृत्यु

मलेसियामा २,१२० नेपाली कोरोना संक्रमित, उपचार नपाएर एकको मृत्यु


काठमाडौं, १ पुस :  मलेसियामा रहेको मेडिकल पन्जा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो मानिने कम्पनी टप ग्लोब्समा कार्यरतमध्ये २ हजार १२० जना नेपाली श्रमिक कोरोना संक्रमित भएका छन् ।

जसमध्ये १ हजार ९६६ जना नेपाली अस्पतालबाट डिस्जार्च भइसकेको छन् । अझै १०७ जना उपचाररत छन् र १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ३४ जनालाई अस्पताल लैजानु नपर्ने सूचीमा राखिएको छ । टप ग्लोब्सले क्लालाम्पुरस्थित नेपाली दूतावासलाई मंगलबार यसबारे जानकारी दिएको हो ।

अव्यवस्थित वासस्थल र सामाजिक दूरी कायम नगरी एकै पटक धेरै श्रमिकलाई काममा लगाउँदा एक महिनायता कम्पनीमा कोरोना संक्रमणले विकराल रुप लिएको हो । कम्पनीम कुल २१ हजार श्रमिक कार्यरत रहेकामा हालसम्म ५ हजार १४७ जना संक्रमित छन् । संक्रमितमध्ये नवरपरासीका सुरक्षा गार्ड गमनारायण चौधरीको मृत्यु भएको थियो ।

मलेसियाका पूर्वमानव संसाधनमन्त्री एम। कुला शेरागनले चौधरीले समयमै उपचार नपाएका कारण मृत्यु भएको बताएका छन् । उनका अनुसार स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै उनलाई अस्पताल पुर्‍याइएको थियो । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ८ : २२ बजे

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री

भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण