२०८३, १२ आश्विन मंगलबार

क्यानाडामा पनि कोरोना खोप लगाइँदै

क्यानाडामा पनि कोरोना खोप लगाइँदै

एक लाख २४ हजार ५०० नागरिकलाई यसै बर्षमा सेवा दिने


काठमाडौं, ३० मंसिर :  क्यानाडामा पनि कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप लगाउने तयारी थालिएको छ । अमेरिकाले सोमबारदेखि नै आफ्ना नागरिकलाई यो खोप लगाउन शुरु गरिसकेको छ ।

क्यानाडामा पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘फाइजर–बायोएनटेकको कोरोना विरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ ।’ उनले गएको बिहीबार पहिलो चरणमा तीस हजार मात्रा खोप केही दिनमै स्वदेश भित्र्याइने जानकारी दिएका थिए ।

त्यसअघि क्यानडाको स्वास्थ्यसम्वन्धी नियमक निकायले खोप ल्याउनु उपयुक्त हुने निष्कर्ष निकाल्दै खोप ल्याउन अनुमति दिएको थियो । खोप ल्याउनका लागि आवश्यक बजेटको व्यवस्था पनि क्यानडाको केन्द्रीय सरकारले गरिसकेको छ ।

क्यानडाले यो डिसेम्बर महिना भित्रमा दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउँदैछ । यो खोपले एक लाख २४ हजार ५०० नागरिकलाई यसै बर्षमा सेवा दिने क्यानडा सरकारको योजना छ । कोरोना भाइरसका कारण क्यानडामा अहिलेसम्म चार लाख ६० हजार ७४३ जना सङ्क्रमित भएका छन् भने १३ हजार ४३१ जनाको मृत्यु भएको छ । ऐजेन्सी

प्रकाशित मिति : २०७७, ३० मंसिर मंगलबार  ८ : २२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय