२०८३, ३० आश्विन शनिबार

भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार, १ लाख ४३ हजार ३५५ जनाको मृत्यु

भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार, १ लाख ४३ हजार ३५५ जनाको मृत्यु


नयाँदिल्ली, २९ मंसिर  : भारतमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै २४ घण्टाको अवधिमा ३३६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट कूल १ लाख ४३ हजार ३५५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा अझै पनि ३ लाख ५२ हजार ५८६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । हालसम्म ९३ लाख ८८ हजार व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा ७५ हजार व्यक्तिमा सक्रिय संक्रमण छ र उनीहरु प्रदेशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । केरलामा पनि झण्डै ६० हजार तथा नयाँ दिल्लीमा १७ हजार व्यक्ति सक्रिय संक्रमित छन् । यसैबीच भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १५ करोड ४६ लाख नमूना परीक्षण गरेको जनाएको छ । एएनआई

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार  ९ : ४१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा