२०८२, १४ फाल्गुन बिहीबार

वायु सेवा निगमको १० वर्षे योजना : वार्षिक साढे ५ अर्ब नाफा आठ गन्तव्य

वायु सेवा निगमको १० वर्षे योजना : वार्षिक साढे ५ अर्ब नाफा आठ गन्तव्य

२०३० मा पाँच अर्ब ३० करोड मुनाफा हुने प्रक्षेपण


काठमाडौं, २९ मंसिर  :  नेपाल वायु सेवा निगमले १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाएको छ । व्यावसायिक योजनामा अझै तीन वर्षसम्म निगम घाटामै रहने तर सन् २०२४ देखि भने नाफामा जाने उल्लेख गरिएको छ ।

निगमका महाप्रबन्धक प्रकाश पौडेलले मन्त्री भट्टराईलाई बुझाएको योजनामा निगम शुरुका तीन वर्ष नोक्सानमै रहे पनि सन् २०२४ बाट नाफामा जाने र २०३० मा पाँच अर्ब ३० करोड मुनाफा हुने प्रक्षेपण गरिएको छ । त्यस कार्ययोजनाअनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष नौ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

निगमले २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडानतर्फ सिड्नी, कोलम्बो, शङ्घाई, इण्डोनेसिया, रियादलगायत आठ नयाँ गन्तव्य थप्नुपर्ने भन्दै ती नयाँ गन्तव्यमा सेवा दिन न्यारोबडी चार वटा र बाइडबडी दुई वटा गरि ६ जहाज आवश्यक पर्ने जनाएको छ ।

त्यस्तै आन्तरिक उडानतर्फको सुधारका लागि पनि काठमाण्डौ, नेपालगञ्ज, पोखरा र विराटनगरलाई पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर उडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा मन्त्री भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन निगमको नेतृत्वलाई निर्देशन दिएका छन् । उनले १० वर्षे एकीकृत व्यावसायिक योजनाले निगम कुन बाटोमा हिंड्ने भन्ने राजमार्ग तयार भएको उल्लेख गर्दै उनले राजमार्गबाट दायाँ–बाँया नगरी अहिले घाटामा रहेको निगमलाई व्यावसायिक रुपमा सफल बनाउनुपर्ने बताएका छन् ।

नेपाल सरकारको १५ औं पञ्च वर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, हवाई नीति २०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस र विगतमा तयार भएका व्यावसायिक योजनाको पुनरावलोकनलाई आधार बनाएर यो योजना तयार पारिएको महाप्रबन्धक पौडेलले बताए ।

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार  ८ : ०२ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको