२०८३, १५ श्रावण शनिबार

२४ घण्टामा थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टी

२४ घण्टामा थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टी

१,२७१ जना निको भएर घर फर्किए, ११ को मृत्यु


काठमाडौं २६ मंसिर  नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १,२७१ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ३०५ पुरुष र २३६ महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा हालसम्म ४५५४, भक्तपुरमा ३७८ र ललितपुरमा ९४४ जना सक्रिय संक्रमित छन् ।

आज ९शुक्रबार० थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार १२ जना संक्रमितको मृत्यु भएको थियो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।

गत २४ घण्टामा ७ हजार ४१४ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख २० हजार ६१८ पुगेको छ । हाल ५१९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २६ मंसिर शुक्रबार  ७ : २२ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने