२०८३, १५ श्रावण शनिबार

कोरोना खोप खरिद गर्न दातासँग हात फैलाउँदै सरकार

कोरोना खोप खरिद गर्न दातासँग हात फैलाउँदै सरकार

कोरोना खोप खरिद गर्न कम्तीमा ४८ अर्ब आवश्यक पर्ने अनुमान


काठमाडौं, २६ मंसिर :  कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने भएको छ । यसअघि निष्क्रिय राष्ट्रिय खोप कोष नियमावलीमा रहेको व्यवस्था कार्यान्वयन गर्दै सहयोग जुटाउन लागिएको हो ।
कोषमा सरकारले निश्चित रकम राखेर दाताहरुलाई सहयोगका लागि आह्वान गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने दातृ निकायहरुलाई आग्रह गरिसकेका छौँ,’ मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले भने, ‘दाताले स्वास्थ्यका लागि अन्य क्षेत्रमा दिने सहयोग पनि कोषमा राख्ने व्यवस्था गर्न लागेका छौँ ।’
कोरोना खोप खरिद गर्न कम्तीमा ४८ अर्ब आवश्यक पर्ने अनुमान मन्त्रालयले गरेको छ । कोषमा राख्नेबाहेकको रकम पनि थप जुटाउन सार्वजनिक रुपमै सरकारले आह्वान गर्ने विषयमा समेत छलफल भइरहेको स्रोतले जनाएको छ ।
मन्त्रालयले यस विषयमा तयारी गर्न नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा। गुणराज लोहनीको संयोजकत्वमा टोली बनाएको छ ।
यता, विज्ञहरुले खोप खरिदका लागि जतिसक्दो प्रक्रिया सुरु गर्न सरकारलाई सुझाव दिएको छ । मुलुक सुहाउँदो खोप उत्पादन गर्ने कम्पनीसँग सम्झौता गरी आपूर्ति सुनिश्चित नगरिए खोप बनिसकेपछि ल्याउन ढिलाइ हुने उनीहरुको भनाइ छ ।
ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इन्म्युनाइजेसन ९गाभी० को व्यवस्थापनमा कोभाक्स सुविधाअन्तरगत सहुलियत मूल्यमा आउने ९जनसंख्याको २० प्रतिशतलाई पुग्ने० भनिएको बाहेक अन्य खोप किन्न सरकारले तयारी गरेको छैन । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, २६ मंसिर शुक्रबार  १० : २२ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने