२०८३, २९ आश्विन शुक्रबार

सांसद लिङ्देनलाई एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइयो : निमोनिया भएको पुष्टी

सांसद लिङ्देनलाई एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइयो : निमोनिया भएको पुष्टी


काठमाडौं,२५ मंसिर  : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि विहिबार झापाबाट काठमाडौँ ल्याइएको छ ।

पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनमा निमोनिया सङ्क्रमण पुष्टि भएपछि आजै उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।

निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्स झिकाएर थप उपचारका लागि उनलाई आज बेलुकी ७ः३० बजे काठमाडौँ लगिएको ओझाले बताए ।

नेपाली सेनाको एयर एम्बुलेन्स चन्द्रगढी विमानस्थलमा अवतरण भएको थियो । उनलाई काठमाडौँको मेडिसिटी हस्पिटल लगिएको जनाइएको छ ।

आजै उनको पिसिआर परीक्षण गरिएको र कोभिड– १९ नेगेटिभ रिपोर्ट आएको ओझाले जानकारी दिए । सांसद लिङ्देनले झापामा राप्रपाले आयोजना गरेको मोटरसाइकल (यालीको नेतृत्व गरेका थिए ।

 

प्रकाशित मिति : २०७७, २५ मंसिर बिहीबार  ९ : ५९ बजे

गगनको टिममा नयाँ अनुहार, कांग्रेस रूपान्तरणको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित

राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’