२०८१, २३ भाद्र आईतबार

काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि

काभ्रेका कोरोना संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज,७ जनामा संक्रमण पुष्टि


काभ्रे : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ३६ जना डिस्चार्ज भएका छन् भने ७ जना नयाँ संक्रमित थपिएका छन् । आज ३६ जना डिस्चार्ज भए संगै जिल्लाका २ हजार ७ सय ६७ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै बनेपाबाट १ पुरुष र २ महिला, नमोबुद्धबाट १ महिला र बेथानचोक गाँउपालिकाबाट ३ पुरुष गरी जिल्लामा ७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा ३ हजार ३५जना संक्रमित भएका छन् ।

जिल्लामा अझै २ सय २९ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये ८ जना अस्पताल आइसोलेसनमा र २ सय २१ जना होम आइसोलेसनमा रहेको डाक्टर झाले जानकारी दिनुभयो । यसैबिच भाईरसको संक्रमण बाट जिल्लामा थप एकको ज्यान गएको स्वास्थ्य कार्यालयले दैनिक उपलब्ध गराउने बिवरणमा उल्लेख गरिएको छ । बनेपाका ८० वर्षिय महिलाको मेडिसिटि अस्पतालमा ज्यान गएको हो ।

ति महिलामा कार्तिक ४ गते भाईरसको संक्रमण पुष्टि भएका थियो । यो संगै भाईरसको संक्रमण बाट जिल्लाका १२ महिला र २७ पुरुष गरि ३९ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २०७७, २१ मंसिर आईतबार  ६ : २६ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा