२०८३, ८ बैशाख बुधबार

खोप भण्डारण ‘कोल्ड रुम’ विस्तार गर्न ४ करोड

खोप भण्डारण ‘कोल्ड रुम’ विस्तार गर्न ४ करोड

देशभर ४७ वटा कोल्ड स्टोरको विस्तार गर्ने


काठमाडौँ २० मंसिर :   नेपालले कोभिड १९ विरुद्धको खोप भण्डारणका लागि कोल्ड रुम विस्तार तथा मर्मत गर्न लागिरहेको छ। उपत्यकासहित देशभरिका ४७ वटा कोल्ड स्टोरको मर्मत तथा विस्तार गर्न लागेको कोभिड खोप सल्लाहाकार संयोजक डा। श्यामराज उप्रेतीले जानकारी दिए। सबै स्थानमा आवश्यक कोठा विस्तार तथा फ्रिज राख्नको लागि सरकारले ४ करोड बजेट बिनियोजन गरिसकेको र सोहीअनुसार विस्तार कार्य अघि बढिरहेको डा। उप्रेतीले बताए। ‘अहिले भएका कोल्ड रुमले कोभिड खोपको तापक्रम धान्न सकिने अवस्था नरहेकोले विस्तार तथा मर्मत गर्नु परेको हो,’ उनले भने।

विभिन्न कम्पनीले उत्पादन गरेका खोप भण्डारणका लागि फरक फरक तापक्रम भएका कोल्ड रुम आवश्यक पर्ने भएकाले सोही अनुसार खोप तयारी भइरहेको उपे्रतीले बताए। डा।उप्रेतीका अनुसार हाल नेपालमा भएका केही कोल्ड रुममा कतिपय कोभिड खोप भण्डारण गर्न मिल्ने अवस्थाका भए पनि धेरै रुम अपुग हुने स्थिति रहेको छ। नेपालमा आयत हुने सम्भावना भएका कोभिड खोपहरु माइनस ७० देखि माइनस २० डिग्रीसम्मका छन्। ती मध्येमा २ देखि माइनस ८ डिग्रीको लागि सामान्य ठाउँ बढाए पुग्ने स्थिति रहे पनि अन्य तापक्रममा राख्ने खोपहरुको लागि ठाउँ बढाउनुपर्ने स्थिति छ। हालै बेलायतबाट प्रयोगसिद्ध भएको फाइजरको खोप माइनस ७० डिग्री तापक्रममा राख्नुपर्छ। अमेरिकी कम्पनी मोर्डनाको माइनस २० डिग्रीमा भारतीय कम्पनी एक्सट्राजिनाको प्लस २२८ डिग्री तापक्रममा राख्नुपर्ने हुन्छ।

२ देखि माइनस ८ डिग्रीमा राख्न मिल्ने खोप आएका अहिलेकै ठाउँले पुग्छ तर माइनस २० डिग्रीको खोप आएमा ठाउँ मात्र थपेमा पुग्छ भने माइनस ७० डिग्रीको खोप लिएमा पूर्वाधार नै नयाँ बनाउनु पर्ने स्थिति छ। स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयबाट सञ्चालित देशभरिमा ६ वटा खोप भण्डारण केन्द रहेकोमा प्रदेश र ६ मा अहिलेसम्म नरहेकोले नियमित योजनाअन्तर्गत यी दुई प्रदेशमा खोप भण्डारण निर्माण कार्य भइरहेको छ।

उनको अनुसार खोप भण्डारण गर्न एकैपटक समस्या हुने भएमा नेपालले खोप अभियान अवधि छुट्टाएर खोप आयात गर्ने, भण्डारण गर्ने र खोप लगाउने कार्यक्रमको तालिका मिलाएर गरिने योजना रहेको उनले बताए। खोप अभियान तालिका अनुसार उमेर समुह बाँडेर खोप अभियान सञ्चालन गर्न सकिनेछ।

सरकारले कोभिड खोप भण्डारण गर्ने तयारी गरेपनि खोप भने चरण–चरणमा मात्र आइपुग्ने स्थिति रहेको डा। उपे्रतीले बताए। विश्वका विभिन्न देशहरुमा उत्पादित खोपहरु पहिला विश्व स्वास्थ्य संगठनले सिफारिश गरेपछि नेपालका लागि २० प्रतिशत अनुदान स्वरुप आउनेछ। बाँकी खोप भने नेपालले विश्व स्वास्थ्य संगठनले सिफारिश गरेका कम्पनीमध्येबाट औषधी व्यववस्था विभागले अनुमति दिनुपर्नेछ। विभागले अनुमति दिएपछि मात्र नेपाल सरकार खरिद प्रक्रियामा अघि बढ्नेछ।

कोरोनाबाट मृत्यु हुने १५६७ जना पुगे

गत २४ घण्टामा १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ। दैनिक कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। केही समयअघि मृत्युदर ०.६ प्रतिशत रहेकोमा अहिले बढेर ०।७ प्रतिशत पुगेको छ। कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन्।

गत २४ घण्टामा थप १२ सय ७२ जनामा कोरोना पुष्टि भएको छ। यीसहित नेपालमा कुल संक्रमित संख्या २ लाख ३८ हजार ८ सय ६१ जना पुगेका छन्। कुल संक्रमितमध्येमा २ लाख २१ हजार ८ सय ४७ जना निको भएका छन्। तीमध्येमा १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्येमा ७ हजार ७ सय ९१ जना काठमाडौं उपत्यकाभित्र छन्। तीमध्ये १० हजार ३ सय ९४ जना होम आइसोलेसन र ४ हजार ५३ जना संस्थागत आइसोलेसनमा छन्। गम्भीर समस्या भएका ३ सय २८ जनाको आइसियुमा र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नागरिक न्यूजबाट 

प्रकाशित मिति : २०७७, २० मंसिर शनिबार  १० : ५८ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले