२०८३, ३ असार बिहीबार

राष्ट्रपतिद्वारा ओली र दाहालसँग छुट्टाछुट्टै छलफल

राष्ट्रपतिद्वारा ओली र दाहालसँग छुट्टाछुट्टै छलफल


काठमाडौं, १९ मंसिर । गत वर्ष पुस ५ गते नेकपाको स्थायी कमिटी बैठक चलिरहेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थायी कमिटीका नेताहरूलाई शीतल निवासमा लञ्च मिटिङका लागि बोलाइन् ।

राष्ट्रपतिको आतिथ्य ग्रहण गर्न गएका नेताहरू निर्धारित ११ बजे उपस्थित नभएपछि कार्यकारी अध्यक्षको जिम्मेवारी पाएर पहिलो पटक बैठक सञ्चालन गरिरहेका पुष्पकमल दाहाल आक्रोशित भए ।

राष्ट्रपति निवासबाट हस्याङफस्याङ गर्दै आएका नेताहरूलाई उनले चर्कंदै भनेका थिए, ‘पार्टीको बैठक बसिरहेका बेला राष्ट्रपतिले किन नेताहरूलाई बोलाउने रु राष्ट्रपतिले बोलाउँदैमा जाने रु पार्टी अनुशासनमा बस्नु पर्दैन रु’ अन्य नेताहरूलाई अनुशासनको प्रश्न गर्ने दाहाल आफैं भने राष्ट्रपतिकहाँ गएको गयै गर्छन् । जब पार्टीभित्र संकट आउँछ, दाहालकै जस्तो दौडधुप अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चल्छ ।

पदीय जिम्मेवारीअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भेट अन्य नेताहरूको जस्तो अस्वाभाविक हुँदैन तर पार्टीमा विवाद बढेका बेला प्रधानमन्त्रीकै भेटघाट शृंखला बाक्लिन्छ । संकटका बेला ओली र दाहाल शीतल निवासको छहारीमा जाने क्रमले बिहीबार पनि निरन्तरता पायो । पार्टीभित्र एकअर्कालाई लिखित आरोप–प्रत्यारोप गरेका ओली र दाहाल बिहीबार छुट्टाछुट्टै रूपमा राष्ट्रपति भण्डारीलाई भेट्न गए ।

ओली र दाहालबीच पानी बाराबारबाट संवादमा लैजाने रणनीतिअनुसार नेकपाको बैठक स्थगित भएका बेला उनीहरू भण्डारीलाई भेट्न पुगेका हुन् । ओली बिहान र दाहाल अपराह्न शीतल निवास पुगेका थिए । दुवैका सचिवालयले भेटलाई सामान्य र नियमित भनेका छन् । तर विगतमा जस्तै यस पटक पनि दुई नेतालाई संकटबाट बाहिरिन र मिलेर जान राष्ट्रपतिले सहजीकरण गरेको बुझ्न कठिन छैन ।

ओलीविरुद्ध दाहालले आरोपसहितको प्रस्ताव पार्टी सचिवालयमा ल्याएपछि गत मंसिर २ मा पनि राष्ट्रपति भण्डारीले दुवै नेतालाई छुट्टाछुट्टै भेटेकी थिइन् । राष्ट्रपति भण्डारीले दुवैलाई सहमतिका साथ अघि बढ्न सुझाव दिएकी थिइन् तर त्यसपछि सचिवालयमा झन् तिक्तताको स्थिति उत्पन्न भयो ।

राष्ट्रपतिसँग भेटेको भोलिपल्ट ओलीले दाहालका आरोपको मौखिक जवाफ दिए । १३ गतेको अर्को बैठकमा ओलीले दाहालविरुद्ध ३८ पृष्ठको प्रत्यारोप पेस गरे । गत मंगलबारको बैठकमा ओली र दाहालबीच फेरि भनाभन भयो । यही कारण बुधबार ओली नै अनुपस्थित भएपछि आउँदो २० गतेसम्मका लागि बैठक स्थगित भएको छ । बैठक स्थगनको समय पारेर ओली र दाहाल राष्ट्रपतिकहाँ पुगेका हुन् ।

अहिले ओली र दाहालमाथि आ–आफ्नो प्रस्ताव थाती राखेर नयाँ प्रस्ताव बनाउन र सहमति गरेर जान पार्टीभित्रबाट दबाब बढेको छ । ओली यसका लागि करिब तयार छन् । त्यही सन्देश ओलीले आफूनिकट नेताहरूमार्फत दाहालसमक्ष पुर्‍याइरहेका छन् ।

बिहीबार पनि दाहाललाई भेट्न गएका ओलीनिकट नेताहरू महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले दुवै प्रस्ताव थाती राखेर संयुक्त प्रस्ताव बनाउन आग्रह गरेका थिए । दुवैका प्रस्ताव आरोप–प्रत्यारोपयुक्त भएकाले त्यसले संकट समाधानमा योगदान नगर्ने उनीहरूको तर्क थियो ।

गत वर्ष पनि ओली र दाहालबीच शक्ति संघर्ष चुलिँदा शीतल निवासमा लञ्च–डिनर र चियावार्ता बाक्लिएका थिए । प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारी बाँडफाँडको विषयलाई लिएर चुलिएको संघर्ष मंसिर ४ गते ओलीले ५ वर्ष सरकार चलाउने र दाहाल कार्यकारी अध्यक्ष बन्ने समझदारीमा मत्थर भएको थियो । उक्त समझदारी गर्नुअघि ओली र दाहाल राष्ट्रपतिकहाँ पुगेका थिए । राष्ट्रपतिको रोहबरमा विगतमा सहमति बनेकाले आपसमा तिक्तता आउनासाथ उनीहरू आफैं राष्ट्रपतिकहाँ पुग्छन् कि राष्ट्रपतिले उनीहरूलाई बोलाउँछिन् ।

पछिल्लो पटकको अन्तरसंघर्ष करिब पाटी विभाजनकै तहमा पुगेपछि राष्ट्रपति भण्डारीले अन्य नेताहरूसँग पनि भेटघाट गरिरहेकी छन् । नेकपा स्थायी कमिटीले भदौ २६ मा गरेको निर्णय कार्यान्वयन गर्ने सवालमा फेरि नेताहरूबीच तिक्तता बढेपछि कात्तिक १८ गते राष्ट्रपति भण्डारीले उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएकी थिइन् ।

उक्त भेटपछि गौतमले पार्टी एकता बचाउने भूमिका खेल्न र नेताहरू मिलेर जाने वातावरण तयार गर्न राष्ट्रपतिले आग्रह गरेको सार्वजनिक रूपमा बताएका थिए । राष्ट्रपति भण्डारीले गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापालाई कात्तिक २० मा शीतल निवास बोलाएर एकताबद्ध भएर जान आग्रह गरेकी थिइन् । सचिवालयभित्र गौतम र थापा जुन पक्षमा लाग्छन् त्यो पक्ष बलियो हुने भएकाले भण्डारीले उनीहरूमार्फत ओली–दाहालको विवाद मिलाउन सहजीकरणको प्रस्ताव गरेकी थिइन् ।

गत वैशाखमा दल विभाजनको अध्यादेश जारी भएपछि संकट चुलिएका बेला पनि शीतल निवासमा ओली–दाहालको यस्तै दौडधुप चलेको थियो । असारमा नेकपाभित्र अर्को अन्तरसंघर्ष चुलिँदा पनि उनीहरूको शीतल निवास दौडधुप चलेको थियो । ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउनेसम्मको हल्ला चल्दा त्यस्तो अराजनीतिक कदम चाले सहयोग नगर्न आग्रह गर्दै नेकपाका अन्य नेताहरूसमेत शीलत निवास पुगेका थिए । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, १९ मंसिर शुक्रबार  ८ : ५३ बजे

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित