२०८३, ३० आश्विन शनिबार

कांग्रेस नेता पौडेलको गिरफ्तारीविरुद्ध विद्यर्थी तरुणको प्रदर्शन

कांग्रेस नेता पौडेलको गिरफ्तारीविरुद्ध विद्यर्थी तरुणको प्रदर्शन


काठमाडौं, १८ मंसिर :  गृहजिल्ला तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारको विरोध गर्दै गोरखामा प्रदर्शन भएको छ ।

नेपाली विद्यार्थी संघ र नेपाल तरुण दल गोरखाले सदरमुकामको बसपार्कदेखि हरमटारीसम्म नाराबाजीसहित प्रदर्शन गरेका हुन् । ‘नेकपाको कारिन्दा बनेर प्रशासनले उहाँलाई गिरफ्तार गर्‍यो,’ नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले भने, ‘आफ्नै पहलमा बन्दै गरेको पुल उद्घाटन गर्न नपाउने यो कस्तो कानुन हो रु म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु ।’ आफ्नै पहलमा बनेको पुल आफैँले उद्घाटन गर्न नपाउनु दुःखद भएको उनले बताए ।

प्रधानमन्त्रीलाई पहिला आफ्ना घर राम्रोसँग समाल्नसमेत उनले आग्रह गरे । ‘पहिला आफ्नो घर समाल्नु, प्रचण्डले तिमीलाई लगाएको आरोप सबै जनताले आज बुभेका छन्, तिम्रो राष्ट्रवादीको छाती च्यातिएको छ,’ उनले भने । दुईतिहाइ सरकारको दम्भका कारण प्रशासनले नेता पौडेललाई गिरफ्तार गरेको नेपाल तरुण दलका अध्यक्ष आनन्द गुरुङले बताए ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  २ : ०२ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा