२०८३, १४ बैशाख मंगलबार

तपाईंको छिट्टै भुल्ने बानी छ ? खानुहोस् यी खानेकुरा

तपाईंको छिट्टै भुल्ने बानी छ ? खानुहोस् यी खानेकुरा


काठमाडौँ १४ मंसिर : हामी कोहिलाई तत्काल बिर्सिने बानी हुन्छ । एक पटक भनेको कुरा केहि समय पछि के भनेको थियो भनेर सोच्न थाल्छौँ । तर हामी त्यो के कुरा हो भनेर ठम्याउन सक्दैनौँ । यस्तै समस्या यदि तपाईलाई पनि छ भने आज हामीले त्यसलाई सम्झिनको लागि अपनाउनु पर्ने कुराको बारेमा तपाईलाई जानकारी दिँदैछौँ । वैज्ञानिकहरुले भने यस्तो धेरै भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताउँदै आएका छन् ।

१. जाइफल

जाइफलको सेवनले शरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन सहयोग गर्छ ।

२. ओखर

जसले दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

३.स्ट्रबरी

यसमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

४. दही

दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पुर्याउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

५. गोलभेँडा

गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

६. तुलसी

मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनदिनै तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

७. अलैँची

अलैँचीमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

८. दालचिनी, मरिच चिया, कफी तथा बेसार,

बेसार, चिया, कफी, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।

एजेन्सी

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ५ : १५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले