२०८३, ७ कार्तिक शनिबार

कोरोना भाइरसका कारण २४ घण्टामा २४ जना संक्रमितको मृत्यु

कोरोना भाइरसका कारण २४ घण्टामा २४ जना संक्रमितको मृत्यु

नेपालमा १६ लाख ८१ हजार २९९ जनाको पीसीआर जाँच भयो


काठमाडौं, ९ मंसिर :  पछिल्लो २४ घण्टामा नेपालमा २४ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३६१ जना पुगेको छ । मंगलबारको यो तथ्याङ्क हेर्दा देशमा प्रत्येक १ घण्टामा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ हजार ७९० जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार ७९१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेका छ भने निको हुनेको संख्या हालसम्म २ लाख ४ हजार ८५८ जना पुगेको छ । नेपालमा १६ लाख ८१ हजार २९९ जनाको पीसीआर प्रविधिबाट कोरोना जाँच गरिसकिएको छ ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार  ७ : ३२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना