२०८३, ७ कार्तिक शनिबार

बजारमा ‘धनले कसलाई पुग्छ…’

बजारमा ‘धनले कसलाई पुग्छ…’


कलाकार, गायक, गीतकार, निर्देशक कमल दाहालको निर्देशनमा नविनतम गीत ‘धनले कसलाई पुग्छ… ’ हालै युट्यूबमा सार्वजनिक गरिएको छ । गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

हरिहर तिमल्सिनाको शब्दमा राजु सिंहले भरेकोे संगीतमा उत्कर्ष दाहालले सुमधुर आवाज भरेका छन् । दाहाल निर्देशित ‘धनले कसलाई पुग्छ र … ’ बोलको भिडियो युवापुस्तालाई स्वाभिमानी बन्न प्रेरित गर्ने खालको रहेको छ । युवापुस्तालाई सन्देश दिने भावको भिडियोले आम नेपाली संगीतप्रेमीको मन जित्ने दाबी निर्माण पक्षको रहेको छ ।

जीवनमा जस्तो सुकै अवस्था आए पनि आफ्नो स्वाभिमान त्याग्नु हुन्न, आखिर धनले कसलाई पो पुग्छ र भन्ने भाव बोकेको दाहालको निर्देशनमा निर्माण भएको गीतको भिडियो ‘धनले कसलाई पुग्छ … ’ सार्वजनिक भएसँगै चर्चाको शिखरमा पुगेको छ । भिडियोको पोष्ट प्रोडक्सन भने ड्रिम भिजन इन्टरनेसनल मिडिया प्रा.लि.ले गरेको छ ।

चर्चित निर्देशक दाहालको निर्देशनमा निरोज पाण्डे, सुस्मिता खड्का, रामशरण दाहाल अनि सुनिल जिम्बाको उत्कृष्ट अभिनय अनि प्रेम खड्काको छायाँकनमा निर्माण भएको भिडियो निकै नै उत्कृष्ट बनेको छ । काभ्रे जिल्लाको बतासे धुलिखेल, बनेपाको रमणीय सुन्दर दृश्य कैद भएको भिडियोमा सम्पादन, कलर विवेक सुनार, ड्रोन अपरेट रो दुलाल, श्रृङ्गार जिनसन खत्री, क्रियटिभ निर्देशन सुमन वाग्ले, सह निर्देशन अमरकृष्ण चन्दको रहेको छ ।

गीतको भिडियो सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिदै गएको छ । गीतको भिडियो एकदमै पृथक बनेको निर्देशक दाहालको दाबी रहेको छ ।

प्रकाशित मिति : २०७७, २ मंसिर मंगलबार  ८ : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना