२०८३, ७ कार्तिक शनिबार

काभ्रेका २९ जना संक्रमित निको, १८ जना नयाँ थपिए

काभ्रेका २९ जना संक्रमित निको, १८ जना नयाँ थपिए


धुलिखेल, २६ कात्तिकः काभ्रेमा २९ जना एकैदिन कोरोना भाइरस जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन २९ जना कोरोना भाइरस जितेका हुन् । यो संख्या जिल्लामा हालसम्म संक्रमित भएर निको हुनेको संख्या १५५३ पुगेको छ । जसमा ९६० जना पुरुष र ५९३ जना महिला रहेका छन् ।

काभ्रेमा आज १८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितमा बनेपा नगरपालिकाका ४ जना पुरुष, ३ जना महिला, धुलिखेल नगरपालिकाका ३ जना पुरुष र १ जना महिला रहेका छन् ।

त्यस्तै पनौती नगरपालिकाका ३ जना पुरुष, २ जना महिला र मण्डनदेउपुर नगरपालिकाका २ जना महिला संक्रमित भएका छन् । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेका संख्या २११९ पुगेको छ । जसमा १२६४ पुरुष र ५९३ जना महिला रहेका छन् ।

जिल्लामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । होम आइसोलेसनमा ५०१ जना छन् भने अस्पतालको आइसोलेसनमा ३८ जना संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार  ५ : ०० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना