२०८३, ७ कार्तिक शनिबार

काभ्रे चण्डेनीमा पौष्टिक आहार वितरण

काभ्रे चण्डेनीमा पौष्टिक आहार वितरण


धुलिखेल, २२ कात्तिकः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० का कोरोना भाइरसको उच्च जोखिममा रहेका ब्यक्तिलाई पौष्टिक आहार वितरण गरिएको छ । कारितास नेपालको सहयोग र शान्ति जनआदर्श सेवा केन्द्र धुलिखेलको समन्वय कोरोना भाइरसबाट धेरै प्रभावित हुन सक्ने ब्यक्तिहरुलाई पौष्टिक आहार वितरण गरिएको हो ।

वडाभित्रका ३४ जना गर्भवती महिलालाई अण्डा, गेडागुडि, दाल तथा भिटामिन औषधि खरिदका लागि जनही १ हजार ७ सय १० रुपैँयाका दरले नगद सहयोग प्रदान गरेको वडाध्यक्ष विश्वमणी नेपालले जानकारी दिनुभयो । त्यस्तै १ बर्ष भन्दा कम उमेर समूहका बच्चा भएका ५४ जना आमालाई पनि अण्डा, गेडागुडी र दाल प्रदान गरिएको छ ।

वडाका १० जना महिला स्वास्थ्य स्वयम सेविकालाई पनि १ हजार ८ सयका दरले रकम वितरण गरिएको छ । हरेक घर घरमा स्वास्थ्य सुरक्षाको सन्देश पुर्याउन सहयोग पुर्याए बापत थप हौसलाका लागि महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई रकम प्रदान गरिएको वडाध्यक्ष नेपालले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २२ कार्तिक शनिबार  ५ : ५२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना