२०८३, १० भाद्र बिहीबार

काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित

काभ्रेका स्थानीय तहका प्रमुखहरु एकपछि अर्को कोरोना भाइरसबाट संक्रमित


धुलिखेल, १७ कात्तिकः काभ्रेमा पछिल्लो समयमा तीब्र गति लिइरहेको कोरोना भाइरसबाट स्थानीय तहका प्रमुखहरु पनि धमाधम संक्रमित भएका छन् । पछिल्लो पटक बेथानचोक गाउँपालिकाका प्रमुख प्रेम बहादुर तिमिल्सिना संक्रमित भएसँगै संक्रमित हुने स्थानीय तहका प्रमुखको संख्या ४ पुगेको छ ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ कोरोना भाइरस मुक्त हुनुभएको छ । प्रमुख ब्याञ्जु होम आइसोलेसनमा बसेको १६ दिनपछि कोरोना भाइरस मुक्त हुनुभएको हो । त्यस्तै काभ्रे जिल्लाकै पहिलो नगरपालिका बनेपाका मेयर लक्ष्मी नरसिंह बादे कोरोना भाइरसबाट संक्रमित भएपछि आइसोलेसनमै रहनुभएको छ ।

पनौती नगरपालिकाका प्रमुख भिमप्रसाद न्यौपाने पनि कोरोना भाइरसबाट संक्रमित भएपछि अहिले होम आइसोलेसनमै रहनुभएको छ । पालिका प्रमुखहरु नै संक्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द जस्तै भएका छन् ।

प्रकाशित मिति : २०७७, १७ कार्तिक सोमबार  ६ : १७ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री