२०८३, ७ कार्तिक शनिबार

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन


धुलिखेल, १३ कात्तिकः धुलिखेल नगरपालिकाका २ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज धुलिखेलका ७० बर्षीय महिला र ५५ बर्षीय पुरुषको निधन भएको हो । यो सँगै जिल्लामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

काभ्रेमा आज २९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बनेपाका ११ पुरुष र ३ महिला, पनौती नगरपािलकाका ३ पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै नमोबुद्ध नगरपालिकाका ४ जना पुरुष र २ जना महिला, धुलिखेल नगरपालिकाका २ जना पुरुष र १ जना महिला तथा पाँचखाल नगरपालिकाका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै काभ्रेमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १५६२ पुगेको छ ।

आजै जिल्लाका २० जना संक्रमित कोरोना भाइरस जितेर घर फर्किएका छन् । योसँग निको हुनेको संख्या १०९८ रहेको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या ४४५ छ । अस्पतालको आइसोलेसनमा ९२ जना छन् भने होम आइसोलेसनमा ३५३ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १३ कार्तिक बिहीबार  ६ : ०५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना