२०८३, १२ आश्विन मंगलबार

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

धुलिखेलका २ जना कोरोना संक्रमितको निधन


धुलिखेल, १३ कात्तिकः धुलिखेल नगरपालिकाका २ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज धुलिखेलका ७० बर्षीय महिला र ५५ बर्षीय पुरुषको निधन भएको हो । यो सँगै जिल्लामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

काभ्रेमा आज २९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । बनेपाका ११ पुरुष र ३ महिला, पनौती नगरपािलकाका ३ पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै नमोबुद्ध नगरपालिकाका ४ जना पुरुष र २ जना महिला, धुलिखेल नगरपालिकाका २ जना पुरुष र १ जना महिला तथा पाँचखाल नगरपालिकाका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै काभ्रेमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १५६२ पुगेको छ ।

आजै जिल्लाका २० जना संक्रमित कोरोना भाइरस जितेर घर फर्किएका छन् । योसँग निको हुनेको संख्या १०९८ रहेको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या ४४५ छ । अस्पतालको आइसोलेसनमा ९२ जना छन् भने होम आइसोलेसनमा ३५३ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १३ कार्तिक बिहीबार  ६ : ०५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय