२०८३, १६ जेष्ठ आईतबार

नेकपाका साँसदले दशैं भत्ता नलिने घोषणा, सबै साँसदले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने

नेकपाका साँसदले दशैं भत्ता नलिने घोषणा, सबै साँसदले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने


काठमाडौं, ३ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसदहरूले दशैं भत्ता नलिने भएका छन् । कोरोना महामारीका कारण सर्वसाधरण नागरिकको जनजीवन कष्टप्रद बनिरहेका बेला सांसदहरूले दशैं भत्ता लिने विषयबारे चौतर्फी आलोचना र विरोध भएपछि नेकपाले भत्ता रकम एकमुष्ट प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले संसदीय दलका नेता केपी शर्मा ओलीको तर्फबाट केहीबेरमा वक्तव्य जारी गर्ने जानकारी दिएका छन् । उनले एकमुष्ट रूपमा सबै सांसदको दशैं भत्ता नलिने निर्णय हुन लागेको जानकारी दिएका छन् । यसअघि नेकपाका भीम रावल, गोकर्ष विष्टलगायतका केहि नेताहरुले दशैं भत्ता नलिने जानकारी गराइसकेका थिए ।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार  ३ : ०२ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण