धुलिखेल १८ असोज : काभ्रेको धुलिखेल अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धुलिखेल अस्पतालमा उपचारको क्रममा बनेपा नगरपालिका वडा नम्बर १३ का ४६ वर्षीय एक पुरुष र काठमाण्डौ महानरपालिका ९ का ७६ वर्षका एक पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
डाक्टर झाका अनुसार यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । ती मध्ये ५ जना बाहिरी जिल्लाका हुन् ।








प्रतिक्रिया