२०८३, १० भाद्र बिहीबार

आज एकै दिन देशभर २२ सय ५३ लाई संक्रमण पुष्टी कुन जिल्लाका कति जना थपिए हुर्नुहोस्

आज एकै दिन देशभर २२ सय ५३ लाई संक्रमण पुष्टी कुन जिल्लाका कति जना थपिए हुर्नुहोस्

संक्रमितको संख्या ८६ हजार ८२३


काठमाडौं, १८ असोज : नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहति नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ७८४ जनाको नमुना परीक्षण गर्दा २२ सय ५३ जनामा सङ्क्रमण देखएिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार ३२९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

अब नेपालमा २२ हजार २१९ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् । यस्तै चार हजार २०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ५५३ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

आज कुन जिल्लामा कति संक्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश(१ को उदयपुरमा २, खोटाङमा ३, झापामा १६, भोजपुरमा १, मोरङमा ८१, संखुवासभामा १ र सुनसरीमा ८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

प्रदेश(२ को धुनषामा ९, पर्सामा ८, बारामा ७, महोत्तरीमा १, रौतहटमा ५, सप्तरीमा ३, सर्लाहीमा ६ र सरिहामा ७ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र एक हजार ३७३ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १०, चतिवनमा ५२, दोलखामा २, धादङिमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा २, रामेछापमा २, ललतिपुरमा १८७ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ४, तनहुँमा १९, नवलपरासी पूर्वमा ४०, लमजुङमा ७, बाग्लुङमा ३ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश(५ को कपलिवस्तुमा ४, गुल्मीमा ४, दाङमा ९, नलवपरासीमा १, पाल्पामा १५, प्युठानमा ५, बर्दयिामा १३, बाँकेमा ५० र रुपन्देहीमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ८, रुकुम पश्चिममा २, सल्यानमा २, सुर्खेतमा ५४, जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चमिको कञ्चनपुरमा २१, कैलालीमा ५५, डडेल्धुरामा १, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ५ : २४ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री