२०८३, १५ श्रावण शनिबार

विद्यार्थी सिकाई सहजीकरण गर्न धुलिखेल नगरपालिकाको आग्रह

विद्यार्थी सिकाई सहजीकरण गर्न धुलिखेल नगरपालिकाको आग्रह


धुलिखेल १३ असोज : धुलिखेल नगरपालिकाले विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाको प्रक्रिया र मापदण्ड पालना गरी सिकाई सहजीकरण गर्न सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।
विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा शिक्षक स्टाफको बैठक बसी कार्ययोजना बनाएर शैक्षिक गतिविधी अघि बढाउन आग्रह गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्माले जनाएका छन् ।

बैठकले विद्यालयमा रहेका कक्षा कोठा, विद्यार्थी संख्या तथा बेन्चको अनुपात मिलाई भौतिक दुरी कायम हुनेगरी कार्य योजना बनाउन निर्देशित गरेको छ । कुन कक्षामा कुन दिन र कुन समयमा संञ्चालन गर्ने सोको येजना बनाउनु पर्ने शाखाका प्रमुख शर्माले बताए ।

हालका लागि वडा नम्बर ९ बाहेकका सबै वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानीहरु अपनाउदै एक बेन्चमा दुई जना मात्र बस्ने ब्यबस्था मिलाउन नगरपालिकाले विद्यालय परिवारलाई भनेको छ ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ७ : १६ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने