२०८३, १२ आश्विन मंगलबार

नेपालमाभित्र २४ घण्टामा २ महिलासहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमाभित्र २४ घण्टामा २ महिलासहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु


काठमाडौं १३ असोज मुलुकभर पछिल्लो २४ घण्टामा २ महिला सहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

सुनसरीकी ३८ वर्षीया महिला, भक्तपुरकी ५१ वर्षीया, बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। कोरोनाको कारणबाट मृत्यु हुनेहरुको संक्रमित ०।६५ प्रतिशत रहेको छ। देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ संक्रमित थपिएका छन्। गौतमका अनुसार आज ७ सय ४२ संक्रमित कोरोनामुक्त भएका छन्।

आज पिसिआर १० हजार ८० भएको उनले बताए। साथै हाल देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ६ सय ९५ संक्रमित छन्। हाल देशभर १९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका पनि उनले बताए।

त्यस्तै, क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ३ सय १० छ। आजसम्म ७३ दशमलव १ प्रतिशत कोरोनामुक्त भएका छन्।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ८ : २० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय