२०८३, ६ कार्तिक शुक्रबार

नेपालमाभित्र २४ घण्टामा २ महिलासहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमाभित्र २४ घण्टामा २ महिलासहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु


काठमाडौं १३ असोज मुलुकभर पछिल्लो २४ घण्टामा २ महिला सहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

सुनसरीकी ३८ वर्षीया महिला, भक्तपुरकी ५१ वर्षीया, बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। कोरोनाको कारणबाट मृत्यु हुनेहरुको संक्रमित ०।६५ प्रतिशत रहेको छ। देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ संक्रमित थपिएका छन्। गौतमका अनुसार आज ७ सय ४२ संक्रमित कोरोनामुक्त भएका छन्।

आज पिसिआर १० हजार ८० भएको उनले बताए। साथै हाल देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ६ सय ९५ संक्रमित छन्। हाल देशभर १९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका पनि उनले बताए।

त्यस्तै, क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ३ सय १० छ। आजसम्म ७३ दशमलव १ प्रतिशत कोरोनामुक्त भएका छन्।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ८ : २० बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा